Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

भक्तपुर २०७६ चैत्र ७ गते, शुक्रबार ।

0

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुक्रबार सम्पन्न भयो । सभाको अध्यक्षता ग्रहण गर्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको जोखिमबाट नगरबासीहरुलाई सुरक्षित राख्न जनप्रतिनिधिहरु सक्रिय भइ लाग्नुपर्ने बताउनुभयो । भाइरसको संक्रमणको कारण विश्वका १५० भन्दा बढी देशहरु गम्भीर रुपमा प्रभावित भएको र हजारौं मानिसको ज्यान गएको उल्लेख गर्नुहुँदै उहाँले रोगबाट बच्ने उपायहरुको विषयमा जनताको घरदैलोमा पुगी जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

सभाले स्थानीय सरकार संचालन ऐन–२०७६ को परिच्छेद २ दफा ९(३) तथा भक्तपुर नगरपालिकाको कला संस्कृति संरक्षण ऐन २०७५ अनुसार ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको प्राचीन मौलिक शैलीलाई संरक्षण र प्रवद्र्धन गर्ने ध्येयले तोकिएको चारकिल्ला सिमानाभित्रको क्षेत्रलाई सा“स्कृतिक क्षेत्र घोषणा गर्ने निर्णय ग¥यो ।

सभाले भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी विधेयक २०७६, साबिक मापदण्डअनुसार घर÷भवन निर्माण सूचीकरणसम्बन्धी कार्यविधि २०७६, बजेट रकमान्तरणसम्बन्धी प्रस्ताव पारित ग¥यो ।

साथै बागमती प्रदेश सरकारले नमुना विद्यालय घोषणा गरेको भक्तपुर नपा वडा नं. ९ स्थित बागीश्वरी माध्यमिक विद्यालयको भौतिक पूर्वाधार तथा विद्यालय सुधार गुरुयोजनासम्बन्धी पञ्चवर्षीय गुरुयोजना नगर कार्यपालिकाको चैत ७ गतेको बैठकले स्वीकृत गरेको सभाले अनुमोदन ग¥यो ।

Leave A Reply

Your email address will not be published.