Explore news and happenings at Bhaktapur

भोजभतेर, पिकनिक, दाफा भजनलगायतका कार्यहरु नगर्न भक्तपुर नपाको अपिल

२०७६ चैत ९ गते, आइतबार

0

भक्तपुर नगरपालिका नगर विपद् व्यवस्थापन समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अति आवश्यक कामका लागि नगरपालिका कार्यालय, वडा कार्यालय र नपाअन्तर्गत सञ्चालित विभिन्न कार्यालयमा प्रवेश गर्ने नागरिकहरुलाई साबुन पानीले हात धोएर र स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेश गराउने व्यवस्था गर्ने निर्णय ग¥यो ।

साथै नगरपालिका क्षेत्रभित्रका चोक, गल्ली र सडकहरुमा सरसफाइ कार्यलाई थपप्रभावकारी बनाउने र सबै ठाउँमा चुन, फिनेल छर्कने निर्णय बैठकले ग¥यो ।

कोरोना भाइरससम्बन्धी जनचेतना जगाउन नगरपालिकाद्वारा प्रकाशित पर्चा व्यापक रुपमा वितरण गर्ने, रोगको सम्भावित जोखिमबारे सबै नागरिकहरुलाई सचेत रहन आग्रहसहित नगरपालिकाको आधिकारिक फेसबुक पेज, अनलाइन पत्रिका र अन्य दैनिक पत्रिकाहरुमा तथा फोहर संकलन गर्ने गाडी र ट्राइसाइकलहरुमार्फत प्रचारप्रसार गर्ने, साथै ठाउँ–ठाउँमा फ्लेक्स बोर्डमार्फत जनचेतनामूलक सन्देश प्रसारण गर्ने निर्णय बैठकले गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सार्वजनिक स्थानहरुमा हुलहुज्जत नगर्न, धेरै मानिस जम्मा हुनेगरी भोजभतेर, पिकनिक आयोजना नगर्न, नगरका विभिन्न सांस्कृतिक स्थल तथा पाटी पौवामा दाफा भजन नगर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन बैठकले नगरबासीलाई अपिल गर्‍यो ।

Leave A Reply

Your email address will not be published.