Explore news and happenings at Bhaktapur

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलको नतिजा

२०७६ फागुन १० गते, शनिबार ।

0

भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न १०० मि. महिला दौडको फाइनल गेममा भक्तपुर नपाका स्वागता खाइजु प्रथम, भक्तपुर नपाका प्रकृति सुवाल द्वितीय, र ललितपुर महानपाका सुप्रिया रजक तृतीय हुन सफल भए ।

१०० मि. पुरुषतर्फको दौड फाइनल गेममा ललितपुर महानपाका आशिष खत्री प्रथम, भरतपुर महानपाका भुवन महतो द्वितीय र भक्तपुर नपाका रोहन सुवाल तृतीय हुन सफल भए ।

५००० मिटर महिला दौडतर्फ भएको फाइनल गेममा भक्तपुर नपाका ईश्वरचन्द्र बस्नेत प्रथम, चाँगु नपाका सागर श्रेष्ठ द्वितीय र भक्तपुर नपाका विश्वराम कुँवरले तृतीय स्थान हासिल गरे ।

यसैगरी त्रिपल जम्प पुरुष फाइनलतर्फ भरतपुर महानपाका भुवन महतो प्रथम, भक्तपुर नपाका रोशन पहरी द्वितीय र मन्थली नपाका मनोज श्रेष्ठले तृतीय स्थान हासिल गरे ।

त्रिपल जम्प महिलातर्फ भएको खेलमा भक्तपुर नपाका स्वागता खाइजु प्रथम, ललितपुर महानपाका रजिना दुलाल द्वितीय र भक्तपुर नपाका श्रयस्का शिल्पकार तृतीय हुन सफल भए ।

Leave A Reply

Your email address will not be published.