Explore news and happenings at Bhaktapur

पथप्रदर्शकहरू विदेशी सांस्कृतिक आक्रमणप्रति सजग हुनुपर्ने — सांसद प्रेम सुवाल

भक्तपुर, ९ फागुन ।

0

३१ औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसरमा शुक्रबार भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथप्रदर्शक समितिको आयोजनामा विचार गोष्ठी सम्पन्न भयो ।

कार्यक्रममा छिमेकी देश चीनमा फैलिएको कोभिड–१९ भाइरसको महामारीविरुद्ध लडिरहेका चिनिया“ जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै महामारी चा“डै नियन्त्रणमा आउने कामना व्यक्त गरियो ।

गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले कोभिड–१९ भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकार र चिनिया“ जनताले प्रशंसनीय काम गरिरहेको बताउनुभयो । उहा“ चीन आपतमा परेको बेला चीनको प्रगति देख्न नचाहने शक्तिहरूले चीनबारे भ्रमपूर्ण प्रचार गरिरहेको बताउनुभयो ।

नेपालको नजिकको मित्र र छिमेकी समस्यामा परेको समयमा नेपाली जनताले सद्भाव र ऐक्यबद्धता प्रदर्शन गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।
उहा“ले पथप्रदर्शकहरू विदेशी सांस्कृतिक आक्रमणप्रति सजग हुनुपर्नेमा जोड दिनुभयो ।

उहा“ले पर्यटक पथप्रदर्शकले पर्यटकलाई स्थानीय संस्कृतिको भौतिकवादी व्याख्या गर्न सके अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड–१९ भाइरसको संक्रमणविरुद्ध लडिरहेका चिनिया“ जनता र स्वास्थ्यकर्मीप्रति ऐक्यबद्धता व्यक्त गर्दै अहिलेको महामारीलाई चिनिया“ जनताप्रति घृणा फैलाउने कारण बन्न नहुने बताउनुभयो ।

“रोगको महामारीलाई पूर्वाग्रह, शत्रुता र राजनीतिक द्वैष फैलाउने आधार बनाउनु हुन्न”,उहा“ले भन्नुभयो ।

उहा“ले नेपाल सरकारले त्यस्तो महामारीको सम्भावित संक्रमणको प्रतिकारको लागि तयारी गर्नुपर्ने तर सरकार त्यसप्रति गम्भीर नभएको बताउनुभयो ।

कार्यक्रममा गौतम लासिवा, डा.बालकृष्ण चा“गुभारी, रामसुन्दर भेले, दिपेशराज उपाध्यायलगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.