Explore news and happenings at Bhaktapur

महालक्ष्मी पाटी पुनः निर्माण सम्पन्न

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १० स्थित महालक्ष्मी पाटीको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

स्थानीय जनताबाट गठित उपभोक्ता समितिबाट निर्मित उक्त पाटीको उद्घाटन गर्दै उहाँले सम्पदा संरक्षण जनताको साझा जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले सम्पदा पुनःनिर्माणमा आधुनिकभन्दा परम्परागत प्रविधि र सीपको सदुपयोगमा जोड दिँदै मौलिक शैली कुनै बहानामा परिवर्तन गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

“ढु·ेधारा, पोखरी, मठ–मन्दिर, देवालय, शिवालय हाम्रा पुर्खाले सिर्जेको सम्पत्ति हुन्, त्यसको संरक्षण गर्नु हाम्रो साझा कर्तव्य हो । नगरपालिकाले विदेशी पर्यटकहरुबाट सड्ढलन गरिएका अधिकाँश रकम सम्पदा संरक्षणमा खर्च गर्दैछ”, उहाँले भन्नुभयो ।

भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भनपाले जनताको सहयोगका विभिन्न विकास निर्माणको काम गरिरहेको चर्चा गर्दै शिक्षा र स्वास्थ्यमा भनपाले विशेष जोड दिइरहेको छ भन्नुभयो ।

भनपाका योजना तथा सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले महालक्ष्मी पाटी ५०० वर्षभन्दा लामो इतिहास बोकेको चर्चा गर्नुभयो ।
स्थानीय उपभोक्ता समितिका अध्यक्ष शिवहरी जरेजूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त पाटीको ३९ लाख लागट इष्टिेमट भएकोमा कुल ३० लाख ४७ हजार ५०० रुपैयाँ खर्च भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.