Explore news and happenings at Bhaktapur

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको नतिजा

भक्तपुर, ९ फागुन, शुक्रबार ।

0

शहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले फागुन ८–१२ सम्म आयोजना गरेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा विभिन्न खेलहरु सम्पन्न ग¥यो । जसमा १०,००० मिटर पुरुषतर्फ किर्तिपुर नपाका धर्म महर्जन प्रथम, चाँगुनारायण नपाका सागर श्रेष्ठ द्वितिय, र भक्तपुर नपाका सुरेन्द्र ग्वाछा तृतिय हुन सफल भए ।
डिस्कस थ्रो पुरुषतर्फ मन्थली नपाका सुर्यबहादुर माझी प्रथम, मन्थली नपाका रामकुमार श्रेष्ठ द्वितिय र चौडन्डी नपा उदयपुरका बबिन मगरले तृतिय स्थान हासिल गरे । डिस्कस थ्रो महिलातर्फ मन्थली नपाका पुजा तामाङ प्रथम, भक्तपुर नपाका निषा ब्लोन द्वितिय र भक्तपुर नपाका खुशी जयशवाल तृतिय हुन सफल भए ।
लङजम्प पुरुषतर्फ भरतपुर महानपा भुवन महत्तो प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ ंिद्वतिय र भक्तपुर नपाका रोशन पहरीले तृतिय स्थान हासिल गरे । लङजम्प महिलातर्फको फाइनल ललितपुर महानपाका काजल विष्ट प्रथम, भक्तपुर नपाका निशा ब्लोन द्वितिय र चौडन्डी नपाका इषा राई तृतिय हुन सफल भए ।
यसैगरी, १००० मिटर दौडमा महिलातर्फ किर्तिपुर नपाका शकुन्तला ठगुन्ना प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितिय र ललितपुर महानपाका निषा थापा तृतिय हुन सफल भए । ४०० मिटर दौडमा पुरुषतर्फ भक्तपुर नपाका सुरेन्द्र परियार प्रथम, चौतारा नपा साँगाचोक गढी नपाका दर्पण श्रेष्ठ द्वितिय र वागीश्वरी नपाका विक्रम खड्का तृतिय हुन सफल भए । ४०० मिटर दौड महिलामा ललितपुर महानपाका रजिना दुलाल प्रथम, भक्तपुर नपाका श्रयुष्का शिल्पकार द्वितिय र भक्तपुर नपाकै उर्जा मधिकर्मी तृतिय हुन सफल भए ।

 

 

 

Leave A Reply

Your email address will not be published.