Explore news and happenings at Bhaktapur

अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाइ

फागुण—१, भक्तपुर ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं ६ मा अवस्थित अरनिको सभाभवन निर्णाणस्थलमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुदैं वातावरण समितिका संयोजक तथा वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले नगरलाई सुन्दर, स्वच्छ र सफा राख्नको लागि आफ्नो ठाउँ आपैm सफा गरौं भन्ने उद्देश्यले विगत २०७४ साल श्रावण १ गतेदेखि जनप्रतिनिधि, कर्मचारी एवं स्थानिय जनताको उपस्थितिमा नियमित सरसफाइका कार्यक्रमहरु अटुट रुपले भइरहेको बताउनुभयो ।

उहाँले सांस्कृतिक नगरी भक्तपुर आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्रविन्दुमा रहेकोले आगामी चैत महिनाको ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव हुने कुरा समेत जानकारी दिनुभयो । ऐतिहासिक एवं पुरानो नगर क्षेत्रको सौन्दर्यता कायम गर्न र पैदलयात्रीहरुको सुरक्षाको लागि फागुन १ गतेदेखि पुरानो नगर क्षेत्रमा भारी सवारी साधन प्रवेश निषेध गरिएको समेत बताउनुभयो ।

वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलार्ई विशेष महत्व दिइरहेको र फागुण ८ गतेदेखि १२ गतेसम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनुभयो । भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालको सभापतित्वमा सम्पन्न उक्त सरसफाइ कार्यक्रममा बोल्नुहुदैं प्रदेश सरकारसँगको सम्झौता भएसँगै अरनिको सभाभवनको निर्माण थालनी गर्न बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य रोशनमैया सुवाल र बुद्धिराम अवालले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.