Explore news and happenings at Bhaktapur

एभरेष्ट इंगलिस स्कुलको ३७ औं वार्षिकोत्सव समारोह

भक्तपुर, २०७६ फागुन १ गते, बिहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इंगलिस स्कुलको ३७ औं वार्षिकोत्सव समारोह २०७६ को अवसरमा आयोजित पुरस्कार वितरण तथा पुस्तक हस्तान्तरण कार्यक्रम बिहीबार विद्यालय प्रांगणमा सम्पन्न भयो ।

विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर शैक्षिक क्षेत्रमा अगाडि बढिरहेको जिल्ला भएको बताउनुहुँदै भक्तपुरको एउटै परिवारमा ६ जनासम्म इन्जिनियर उत्पादन भएको बताउनुभयो ।

भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलको रुपमा विकास गर्न यहाँका निजी तथा सार्वजनिक विद्यालयको भूमिका रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले देशमा शिशुस्याहार केन्द्रदेखि कलेज सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका भक्तपुर नपा भएको बताउनुभयो ।

सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृतिमा ढिलाइ गरेका कारण भक्तपुरबासीको चाहनामा अपुरो भएको बताउनुहुँदै प्रमुख प्रजापतिले शासक दलका नेताहरुमा दूरदर्शी सोचको कमी भएको औंल्याउनुभयो ।

भक्तपुर नपाले समाजकेन्द्रित भएर तल्लो वर्गको हितमा काम गरिरहेको बताउनुहुँदै उहाँले देशको निम्ति नमुना र उदाहरणीय काम भक्तपुर नपाले गरिरहेको बताउनुभयो ।

एभरेष्ट इ. स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्वागत मन्तव्य राख्नुहुँदै विद्यालय स्थापनाको ३८ वर्षदेखि विद्यालयको सर्वा·ीण हितको निम्ति काम गरिरहेको बताउनुभयो । एभरेष्ट जन्म दिन कोषबाट संकलित रकमलाई विद्यालयले विभिन्न सामाजिक कार्य र विद्यालयहरुलाई शैक्षिक सामाग्री प्रदान गरी सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले विभिन्न विद्यालयका प्रतिनिधिहरुलाई पुस्तक हस्तान्तरण र विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.