Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा ‘कोरोना भाइरस’ रोग विषयमा छलफल तथा परामर्श

भक्तपुर, २०७६ माघ २९ गते, बुधबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा आउनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सकहरुको प्रतिनिधि टोलीसँग बुधबार हाल चीनमा फैलिएको ‘कोरोना भाइरस’ रोगको विषयमा छलफल भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आउनुभएका चिकित्सकहरूबाट कोरोना भाइरस रोगको लक्षण र उपचारको विषयमा जानकारी गराउनुभयो ।

छलफलमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले चीनबाट नेपाल फर्काइने नेपाली विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रमा राख्नुभन्दा मानव बस्तीभन्दा टाढा अलग सुरक्षित स्थानमा व्यवस्थापन गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.