Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता २०७६ शुरु

२०७६ माघ २५ गते शनिबार ।

0

“पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भन्ने मूल नारा बोकेको भक्तपुर नपाको आयोजनामा दुई दिने भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता–२०७६ को उद्घाटन शनिबार सम्पन्न भयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सांस्कृतिक प्रतियोगिताहरुले यहाँका कला र संस्कृति बचाइराख्न मद्दत पु¥याउने र प्रतियोगी टोलीमा उत्साह थप्नुका साथै आपसी सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताउनुभयो ।

शक्तिशाली भूकम्पहरुमा माटो जडित घरबाट हुने क्षति र हानी सिमेन्टबाट बनेका घरको तुलना कम हुने बताउनुहुँदै सांसद सुवालले भक्तपुरलाई ‘सांस्कृतिक राजधानी’ को रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्पदा संरक्षणसँगसँगै पर्यटन उद्योगको विकास पनि हुँदै जाने बताउनुहुँदै सरकारले उपत्यकालगायतका सांस्कृतिक सम्पदा संरक्षणमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

भक्तपुरको दत्तात्रयमा भएको प्रतियोगिताको उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृतिलाई अनन्तकालसम्म जोगाइराख्न यहाँको कला, संस्कृति, भाषा आदिको संरक्षणमा नपाले अग्रणी भूमिका खेलिरहेको बताउनुभयो ।

नपाको आयोजनामा भएको धिमेबाजा प्रतियोगितामा भक्तपुर जिल्लाभरीबाट ७७ वटा बाजा समूहको सहभागिता रहनु खुसीको कुरा हो– उहाँले भन्नुभयो ।

भक्तपुर महोत्सवमा पनि विभिन्न बाजा प्रतियोगिता गर्ने योजना रहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले घोषणा गरेको नपाल भ्रमण वर्ष २०२० सफल पार्न वर्षभरी पर्यटक केन्द्रित विभिन्न गतिविधि सञ्चालन गर्दैछ– भन्नुभयो ।
भक्तपुरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदर्शन गर्न लायक सहरको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

भक्तपुरको दुधपाटी इनागबाट शुरु भएको र्‍यालीमा सम्बोधनको क्रममा नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले प्रतियोगिताको सफलताको कामनाका साथ सम्पदा र संस्कृति संरक्षणमा भक्तपुर नपाको कदम प्रशंसनीय भएको बताउनुहुँदै कला र संस्कृति संरक्षणमा जनताको हातेमोला आवश्यक भएको बताउनुभयो ।

हाम्रो कला, संस्कृति र सम्पदा नयाँ पुस्तलाई हस्तान्तरण गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै सांसद गोसाईले बाजागाजा र नाचगानले जीवन र सिङ्गो सहरलाई जीवन्त बनाउँछ भन्नुभयो ।

उपप्रमुख रजनी जोशीले संस्कृतिकर्मीहरुले आपूmले सिकेको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुहुँदै भक्तपुरलाई कला र संस्कृतिको जीवन्त नगरको रुपमा परिचित गराउने उद्देश्य सहित नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।

धिमेबाजा प्रतियोगिताको उद्घाटन ¥याली भनपा–१ इनागबाट शुरु भई भार्वाचो–तेखापुखु– बंशगोपाल–नासमना–बुल्चा–टौमढी–क्वाछें–साकोठा–सुकुलढोका–गोल्मढी–इनाचो हुँदै दत्तात्रयमा पुगी सभामा परिणत भएको थियो । प्रतियोगीहरुले बाजा बजाएर नगर परिक्रमा गर्ने क्रममै मूल्यांकनकर्ताहरुले विभिन्न ठाउँहरुमा बसेर स्थलगत मूल्यांकन गरेका थिए ।

नगरपालिकाको आयोजनामा भएको धिमे बाजा प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट–६०, चाँगुनारायण नपाबाट–१३, सूर्यविनायक नपाबाट–२ र मध्यपुर थिमी नपाबाट–२ गरी ७७ बाजा समूह टोलीले सहभागिता जनाएका थिए । दुई दिनसम्म हुने प्रतियोगितामा पहिलो दिन ४० वटा बाजा समूहले र दोस्रो दिन ३७ वटा बाजा समूहले प्रस्तुति देखाउने कार्यक्रम रहेको छ भने प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम माघ २६ गते नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंको आतिथ्यता भनपा–९, दत्तात्रयमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु. ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय टोलीलाई नगद रु. २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय टोलीलाई नगद रु. २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु. १०,०००।—, भुछ्या १ थान प्रत्येक टोलीलाई प्रदान गरिनेछ ।

 

Leave A Reply

Your email address will not be published.