Explore news and happenings at Bhaktapur

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोली भक्तपुर नगरपालिका भ्रमणमा

भक्तपुर, २०७६ माघ २४ गते, शुक्रबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोलीले शुक्रबार नपाको सभाकक्षमा भेट ग¥यो ।

टोलीलाई भक्तपुर नपामा स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको परिचय र नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको गतिविधिहरूबारे संक्षेपमा अवगत गराउनुभयो ।

भक्तपुर नगरपालिकाले जनतालाई समयमै कर तिर्न उत्साहित बनाउँदै आइरहेको प्रसंग कोट्याउनुहुँदै प्रमुख प्रजापतिले एनजीओ÷आइएनजीओले गर्ने कामहरू नगरपालिकाले स्वयम्ले गरिरहेको र भक्तपुर नपामा एनजीओ र आइएनजीओहरूको स्वीकृतिमा रोक लगाइरहेको बताउनुभयो ।

भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले देशभरिका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भन्नुहुँदै उहाँले भक्तपुर नपाले सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भूकम्प प्रतिरोधी घर निर्माण गर्न भक्तपुरका डकर्मी, सिकर्मीलगायतका कालीगढ दक्ष र अनुभवी भएको बताउनुभयो ।

भेटमा मिक्वाखोला गाउँपालिकाका प्रप्रअ योगेन्द्रराज गुरुङ, गाउँपालिका महासंघका कार्यकारी निर्देशक विमल पोखरेललगायतले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा भक्तपुर नगरपालिका सबै स्थानीय तहहरूको लागि उदाहरणीय रहेको बताउनुहुँदै उपभोक्ता समितिको सफल कार्यान्वयन भक्तपुर नगरपालिकाले गरिरहेको बताउनुभयो ।

प्रतिनिधिमण्डल टोलीलाई नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध मयुर झ्याल, नपाद्वारा प्रकाशित प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभएको थियो । टोलीले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.