Explore news and happenings at Bhaktapur

भक्तपुर जिल्लास्तरीय धिमेबाजा प्रतियोगितासम्बन्धी संस्कृतिकर्मीहरुको भेला

२०७६ माघ २३ गते बिहिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि माघ २५ र २६ गते हुन गईरहेको प्रतियोगितात्मक धिमेबाजा प्रतिस्पर्धा स्वस्थ ढंगले सञ्चालन गर्ने योजना रहेको बताउनुहुँदै यो साँस्कृतिक प्रतियोगिताले चैत ४–८ गतेसम्म हुने भक्तपुर महोत्सवलाई टेवा पुग्ने बताउनुभयो ।

उहाँले प्रतियोगिताको मूल्यांकन दर्शकले गर्ने हुनाले दर्शकलाई आकर्षक ढंगले बाजा बजाएर सबैको मन जित्न सफल हुनेगरी आफ्नो कलालाई प्रतियोगितामा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

यस प्रतियोगितामा भक्तपुर जिल्लाबाट ७७ वटा बाजा समूहले भाग लिनु सुखद् भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सवको तयारीमा नगरपालिका तदारुकताका साथ अगाडि बढिरहेको छ भन्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न भनपाले भक्तपुर महोत्सव आयोजना गरेको जानकारी दिनुहुँदै उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल र ज्ञानविज्ञानको केन्द्रको रुपमा क्रमशः विकास गर्दै लाने नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवांले देशको मौलिक पहिचान जोगाउन नगरपालिकाले प्रत्येक वर्ष विभिन्न साँस्कृतिक प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुहुँदै प्रतियोगितामा आफ्नो प्रतिभा इमान्दारीपूर्वक प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भनपा–९का वडाध्यक्ष रविन्द्र ज्याख्वले प्रतियोगिताका नियम, बजार परिक्रमा, अंकभार र पुरस्कारको बारेमा उपस्थित सँस्कृतिकर्मीहरुलाई प्रष्ट्याउनुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.