Explore news and happenings at Bhaktapur

१० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङ्गडेल कप भलिबल प्रतियोगिता शुरु

२०७६ माघ २३ गते बिहिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्प्रिङ्डेल माविको आयोजनामा भएको १० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङ्डेल कप भलिबल प्रतियोगिताको उद्‍घाटन पानसमा दिप प्रज्वलन गरी बिहिबार गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्नु खुशीको कुरा भएको बताउनुहुँदै प्राथमिकता अनुसार यो खेलको विकास पनि हुनु आवश्यक भएको बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष विद्यालयस्तरीय खेल प्रतियोगिता संचालन गरी नगरभित्रका विद्यार्थी खेलाडीहरुलाई खेल जगतमा क्रियाशील बनाइरहेको बताउनुभयो ।

उहाँले खेल शारिरिक, मानसिक विकासको निम्ति हुनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भनपाले नियमित रुपमा ६ वटा खेलकुदको प्रशिक्षण सञ्चालन गर्दै आएको र प्रशिक्षणले विद्यार्थीहरुको मनोबल बढाउन मद्दत पुर्‍याइरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल शिवजी श्रेष्ठले भलिबल खेलको प्रबर्द्धन गर्न विद्यालयले विद्यार्थीहरुलाई उत्साहित बनाउन यो खेल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले भक्तपुर शिक्षाको उत्कृष्ट गन्तब्यस्थलको रुपमा विकास भइरहेको बताउनुहुँदै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइराख्नुपनेमा जोड दिनुभयो ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माले खेलाडीको पहिचानले राष्ट्रको इज्जत बढाउन मद्दत पुग्ने बताउनुहुँदै भलिबल राष्ट्रिय खेल भलिबलमा महिला भलिबल तालिमको विकास दिनप्रति दिन बढ्दै गएको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम नारायण महतले भक्तपुर जिल्लामा शैक्षिक गुणस्तरको हिसाबमा अगाडि रहेको र सरकारी विद्यालय पनि निजी विद्यालयको तुलनामा अगाडि रहेको अवगत गराउनुभयो ।

कार्यक्रममा शिक्षिका शर्मिला चौगुठीले पनि बोल्नुभएको थियो भने प्रमुख अतिथि प्रजापतिले रेफ्रि बलराम न्हिसुतुलाई बल हस्तान्तरण गरी खेलको औपचारिक उद्घाटन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.