Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं. १ मा तीनदिने आत्मरक्षा तालिम सुरू

भक्तपुर, २०७६ माघ २० गते, सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आत्मरक्षा भनेको आफ्नो सुरक्षा आफै गर्ने कला भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको तीनदिने आत्मरक्षा तालिमको उद्घाटन समारोहमा प्रमुख प्रजापतिले जीवनको सुरक्षा सबभन्दा महत्वपूर्ण हुने बताउनुहुँदै संकटको समयमा आफू सुरक्षित भई अरुको उद्धार गर्न पनि तालिमको आवश्यकता हुने बताउनुभयो ।

विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै अतिरिक्त क्रियाकलाप र सामान्य ज्ञानबारे जानकारी हुनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालन हुने आत्मरक्षाको प्रशिक्षण उपलब्धीपूर्ण हुने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले गरिरहेको विद्यार्थी केन्द्रित गतिविधिअन्तर्गत नगरका सबै वडाका विद्यार्थीहरुलाई आफू सुरक्षित बन्न आत्मरक्षा तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

सनसाइन स्कुलका संस्थापक रेणु ढकालले निःशुल्क रुपमा भक्तपुर नपाले सञ्चालन गरेको आत्मरक्षा विद्यार्थीहरुलाई उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले आत्मरक्षा तालिमका प्रशिक्षकहरुलाई ट्राक सुट वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.