Explore news and happenings at Bhaktapur

नि:शुल्क दन्त शिबिर तथा प्रमाण पत्र वितरण कार्यक्रम

भक्तपुर, २०७६ माघ १८ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिज्यूको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका अन्र्तगत महिला स्वास्थ्य स्वय्म सेविकाहरु र नर्स परिचालन समिति भ.न.पा. ६ वडाको आयोजनामा निशुल्क दन्त शिबिर सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि श्री प्रजापतिले भक्तपुरमा सर सफाई नहुँदा बिभिन्न किसिमका रोगहरुले मान्छेहरु मर्दा छेराउतीले लग्यो भनि छेराउतीलाई दोष दिन्थे तर अहिले भ.न.पा. ले सर सफाई गरेपछि त्यस्ता छेराउती हरायो । यसरी अरुलाई दोष दिनु भन्दा आफनो घर, टोल, चोक, गल्लीहरु सफा राख्न सकेमा कसैले पनि अकालमा मृत्यू हुनु पर्ने छैन तर अहिले जनताहरुले खानपानमा ध्यान नदिनाले, यश आराम र शारिरीक व्यायमको अभावमा सुगर,प्रेसर र मृगौलाको समस्या जस्ता रोगहरुले सताउने गरेको छ भन्नु भयो । रोग लागे पछि उपचार गर्नु भन्दा भक्तपुरका जनताहरु कोही बिरामी नपरुन भन्ने उद्देश्यले बिभिन्न किसिमका रोगहरु बरे जन चेतना जगाउने उद्देश्यले भक्तपुर न.पा.का सबै वडाहरुमा यस्ता कार्यक्रमहरु संचालन गर्दे आईरहेका छौ । भ.न.पा.ले समाज सेवाको लागी जन

स्वास्थ्य कार्यालय च्हाम्हासिह मार्फत दैनिक ५०० भन्दा बढी बिरामीहरुको सेवा गर्दै आईरहेका छौ । साँस्कृतिक सम्पदा हामी सबैको साझा सम्पति भएकोले सबै मिलि संरक्षण गर्नु पर्छ भन्नुभयो । उहाँले एक चिनिया बिद्धानको कथा सुनाउदै भन्नुभयो बिद्धान मर्नु भन्दा केही अगाडी आफ्ना शिष्यहरुलाई आफनो मुख खोलेर देखाए र सोधे तिमिहरुले के देख्यौ ? शिष्यहरुले मुख भित्र जिब्रो मात्र देखेको उत्तर आए पछि उहाँले भन्नुभयो म जन्मीदा पनि दाँत थिएन अहिले पनि छैन शरिरको सबै भन्दा कडा अंग दाँत हो र पहिले झर्ने पनि दाँत नै भएकोले सबै संग नरम व्यबहार गर्नु पर्ने आफना शिष्यहरुलाई बताएको जानकारी गराउदै उहाँले कडा नबोल्न र कडा व्यबहार नगर्नसबैसंग अनुरोध गर्नुभयो । ।

भ.न.पा. वडा नं ६ का वडा अध्यक्ष हरि राम सुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने उहाँले बिगतमा जस्तै यस पटकमा पनि जनताको स्वस्थ्य सेवाको निम्ती शिबिर गरिरहेका छौ यस्ता किसिमका स्वास्थ्य शिबिरले जनताको स्वास्थ्य समस्या कम हुदै जाने आशा व्यक्त गर्दै बिकास निर्माणका गतिविधिहरु बारे चर्चा गर्नु भयो । उहाँले गत पुष ९,१० र ११ गते सम्पन्न कौशी खेती तालिमका प्रशिक्षाथीहरुलाई प्रमाण पत्र वितरण गर्नु भयो ।
भ.न.पा. कार्यपालिका सदस्य रोशन मैया सुवालले स्वास्थ्य क्षेत्रमा जन चेतना जगाउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आईरहेका छौ यसैको शिलशिलामा आज हामी दन्त शिविर संचालन गरिरहेको कुरा बताउदै उहाँले आगामी चेत्र ४ गते देखी ८ गते सम्म हुने भक्तपुर महत्सव बारे प्रकाश पार्दै महत्सवलाई भव्य रुपमा सफल पार्न सबैको सहयोगको अपेक्षा गर्नु भयो । जनस्वास्थ्य केन्द्र च्यम्हासिहका डा.वालकृष्ण चाँगुभारीले दाँत कमजोर हुनुको कारणहरु मध्ये खानालाई राम्रोसंग नचपाउनु, बिहान उठ्ने बित्तिकै दाँत माझ्नुका साथै हामीले दाँतलाई उपयोग नगर्नु नै मूख्य कारण हुन भन्नु भयो ।उहाँले उठ्ने बित्तिकै २ गिलास मनतातो पानी पिउनु स्वास्थ्यको लागी राम्रो हुने सुझाब दिनु भयो ।
उक्त कार्यक्रममा कोैशी खेती तालिमका प्रशिक्षक मिना मैया सुवालले कौशी खेती बारे जानकारी दिदै खेतीपातीमा बिषादी प्रयोग नगर्न र रासायनिक मलको कम प्रयोग गर्न सुझाब दिनु भयो ।
उक्त कार्यक्रम वडा सदस्य श्री सिद्धिराम अवालले संचालन गर्नु भयो । शिविरमा १०५ जना बिरामीहरुको दाँत परिक्षण हुनुका साथै निशुल्क औषधी पनि वितरण भएको थियो ।

Leave A Reply

Your email address will not be published.