Explore news and happenings at Bhaktapur

भक्तपुरमा २२ औं भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम सम्पन्न

भक्तपुर । २०७६ माघ २ गते, बिहीबार

0

                          भक्तपुर नगरपालिकाको व्यवस्थापकीय जिम्मामा आयोजनामा २२ औ भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा बिहीबार भक्तपुरको दरबार क्षेत्रमा सम्पन्न भयो । गृहमन्त्री थापा ‘बादल’ ले पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।

 

गृहमन्त्री रामबहादुर थापाले असुरक्षित निर्माण नै भूकम्पीय क्षतिको मूल कारण भएको बताउनुभयो ।
उहाँले विगतमा विभिन्न समयमा गएको विनाशकारी भूकम्पबाट सिकाएको पाठ स्मरण गर्नुहुँदै सुरक्षा विना सुख र समृद्ध नहुने हुनाले “भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार” मूलनाराका साथ २२ औं भूकम्प सुरक्षा दिवस सम्बन्धी १ महिने कार्यक्रम तय गरिएको बताउनुभयो ।
गृहमन्त्री थापाले “विगतको भूकम्पको सिकाईबाट आजको दिन आत्मसमीक्षा र सुरक्षित निर्माणको लागि संकल्प गर्ने दिन हो” भन्नुहुँदै अबका दिनमा निर्माण कार्यमा मजबुट हुनु आवश्यक रहेको बताउनुभयो ।

विपद् व्यवस्थापन नीति, ऐन, नियम, कार्यविधि लागू गरी स्थानीय तह संचालन ऐनमा विपद् व्यवस्थानका लागि स्थानीय तहको भूमिका स्पष्ट गरिसकेको हुँदा ७५३ वटै स्थानीय तहले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण र उत्थानशील समाज निर्माणमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विपद्ले कूल गाहस्र्थ उत्पादनमा १–५ प्रतिशन नोक्सानी गरिरहेको बताउनुहुँदै प्रमुख अतिथि थापाले भूकम्पीय पुनःनिर्माणको दीगो व्यवस्थापनका लागि पुननिर्माण प्राधिकरण गठन भई करिब ७५ प्रतिशत कार्य सम्पन्न भईसकेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेमकिपाका संघीय सांसद प्रेम सुवालले काठमाडौँ उपत्यका विश्वकै भूकम्पीय जोखिममा ११ औं स्थानमा रहेको उल्लेख गर्नुहुँदै काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या विपद्को हिसाबले चुनौतीपूर्ण भएको बताउनुभयो ।
उहाँले काठमाडौं उपत्यकाभित्र खानेपानी,फोहोरमैला, अपराध, ट्राफिक जाम र प्रदुषणहरु लगायतका समस्याहरु दिनानुदिन बढ्दै गईरहेको प्रति ध्यानाकर्षण गराउनुहँुदै विपद्को समयमा कमजोर निर्माणकै कारण बढी क्षति हुने गरेको बताउनुभयो ।
पुनःनिर्माण प्राधिकरणलगायत विपद्को क्षेत्रमा कार्यरत विभिन्न प्राधिकरण र संस्थाहरुले उल्लेख्य कार्य गर्नुपर्ने जोड दिनुहुँदै निर्माण चरणमा प्रभावकारी अनुगमन गरी सुरक्षित निर्माणका लागि तीन तहकै सरकार अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सम्पदा पुनःनिर्माण गर्दा पुरानो र मौलिक शैलीलाई ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले ठेक्का मार्पmत गरिएका सम्पदा पुनःनिर्माण बलियो नहुने भएकोले उपभोक्ता समिति मार्पmत गर्दा दीगो हुने तथा अपनत्व कायम हुने बताउनुभयो ।
देशभरी भइरहेको पुनःनिर्माण कार्यको प्रमुख दायित्व स्थानीय तहलाई दिनुपर्ने बताउनुहुँदै सांसद सुवालले देशमा सुशासन कायम नहुनुको मुख्य कारण नीतिगत भ्रष्टाचार हो भन्नुभयो ।
उहाँले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजित ६ करोड रुपैंयामध्ये ३ करोड रुपैंया अनिवार्य रुपमा ठेक्कामार्पmत् बाध्यता रहेकोले संसोधन हुनुपर्ने बताउनुहुँदै सरकारले प्रविधिसहितको संरचना निर्माणमा विशेष जोडदिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भूकम्प सुरक्षा दिवस, व्यवस्थापन उपसमितिका संयोजक, तथा मूल समारोह समितिका सभापति भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरमा गर्न पाउँदा भक्तपुरबासी सचेत भएको बताउनुहुँदै भक्तपुर नगरपालिकाले सम्पदा क्षेत्रहरूको अध्ययन र अनुसन्धान गर्दै सम्पदाहरूलाई पुनःजीवन दिने कोसिस गरिरहेको बताउनुभयो ।
भूकम्प पीडितहरूलाई दिने अनुदान रकम वृद्धि गर्नुपर्ने, अनुदान किस्ताबन्दीमा नभई एकमुस्ट दिनुपर्ने, अनुदान वितरणको समय बढाउनुपर्ने र घरवारविहीन सुकुमवासीहरूको निम्ति नेपाल सरकारले नै घर निर्माण गरी उचित व्यवस्थापन गर्नुपर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो — ‘हामी ठेकेदारलाई भन्दा स्थानीय जनतालाई विश्वास गर्छौं । स्थानीय जनताबाट बनेको उपभोक्ता समितिहरू मार्फत नै भक्तपुरका सम्पदाहरू पुनःनिर्माण हुँदैछन् । उपभोक्तामार्फत काम हुँदा मौलिकताको संरक्षण हुने, सम्पदामाथिको अपनत्व कायम रहने, स्थानीय जनताले रोजगारी पाउने र निर्माण गुस्तरीय हुने हाम्रो अनुभव छ ।’

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकरी प्रमुख सुशिल ज्ञवालीले भूकम्पबाट सुरक्षित घरको सुनिश्चित गर्न स्थानीय तहले अनुगमन गर्नुपर्नेमा जोड दिनुहुँदै मौलिक संरचना ध्वस्त हुनुमा कमजोर संरचना नै प्रमुख भएको बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्युनीकरण र पूर्वतयारी अति आवश्यक भएको बताउनुहुँदै भक्तपुरमा सम्पदा पुनःनिर्माण छोटो समयमै मौलिक शैलीमा समपन्न हुनु सकारात्मक भएको बताउनुभयो ।

संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधि भाभिरी जुलियान्डले समुदायका व्यक्तिहरुले जुनसुकै आउनसक्ने विपद्बाट आ–आफ्नो क्षेत्रमा पूर्वतयारी गर्नुपर्ने बताउनुभयो ।
भूकम्प सुरक्षा दिवस, सदस्य सचिव, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सबै नगरपालिकाले सुरक्षित भवन निर्माण संहिता पालना गरी सुरक्षित निर्माण सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक, शहरी विकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलालले भूकम्पीय जोखिम न्युनीकरणसम्बनधी प्रचारप्रसार को महत्वमाथि प्रष्ट पार्नुहुँदै स्थानीय तहहरुले राष्ट्रिय भवन संहिता २०६० अपनाउनुपर्नेमा जोड दिनुभयो ।

एनसेटका प्रतिनिधि विजयकृष्ण उपाध्यायबाट ‘घुँडा टेकी गु“डुल्की ओत लागि समात’ बारे संक्षिप्त विवरण र प्रदर्शन देखाउनुभएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. १० लामगाल पुखुबाट सुरु भई नवदुर्गा– गछें– सकोलान– दत्तात्रय–इनाचो– गोल्मढी– सुकुलढोका– त्रिपुरासुन्दरी हु“दै दरबार स्क्वायर पुगी सभामा परिणत भएको थियो भने उपप्रमुख रजनी जोशीको नेतृत्वको ¥याली भक्तपुर नपा वडा नं. १ भाज्या पुखुबाट सुरु भई इनागा–भार्वाचो– तेखापुखु– बंशगोपाल– तालाक्व–टौमढी– क्वाछें– साकोठा हु“दै दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।

¥याली सुरु हुनु अघि भक्तपुर नपा वडा नं. १० मा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटबाट विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्तुती देखाइएको थियो भने वडा नं. १ मा भनपा विपद व्यवस्थापन समितिबाट आगलागी नियन्त्रण सम्बन्धी प्रयोगात्मक प्रस्तुती र नेपाल रेडक्रस सोसाइटीबाट बिशेष प्रस्तुती देखाइएको थियो ।

सो ¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समितिकिा पदाधिकारीहरु, नेपाली सेना (व्यान्डसहित), महानगरीय प्रहरी परिसर (जगाति वृत्त) (व्यान्डसहित), सशस्त्र प्रहरी बल (व्यान्डसहित), भनपा बडा नं. १ देखि १० सम्मका सबै जनप्रतिनिधिहरु, भनपाद्धारा संचालित कलेजहरु, भनपा वडा नं. ६ देखि १० सम्मका सा“स्कृतिक समूहहरु, धिमे बाजा, बा“सुरी बाजा, माक प्याख“, लाखे प्याख“, भनपा वडा नं. ६ देखि १० सम्मका विद्यालयका स्काउट ट्रुपहरु र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रमपश्चात कार्यक्रमका प्रमुख अतिथिसहितले भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा प्रदर्शित भूकम्पसम्बन्धी इन्जिनियरिङ मोडल, फोटो तथा चित्रकला अवलोकन गर्नुभएको थियो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.