Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

२०७६ पुस ९ गते, बुधबार

0

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले बुधबार कलेजमा अध्ययतरगत गरिब तथा जेहेनदार र प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो ।

ख्वप इन्जिनियरिङ कलेजले आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ जना विद्यार्थीलाई रु. ४१ लाख, २ हजार ७९५ बराबरको छात्रवृत्ति प्रदान गरेको थियो भने ख्वप कलेज अफ इन्जिनियरिङको सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० जना विद्यार्थीलाई २७ लाख २५ हजार २ सय ८३ रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको कलेज स्रोतले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.