Explore news and happenings at Bhaktapur

विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सुरु

२०७६ पुस ६ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलहरुको प्रशिक्षण तथा प्रतियोगिताहरुमा जोड दिंदै आइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले फागुन ८ गतेदेखि सञ्चालन गर्ने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारीस्वरुप आइतबार भएको विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता कार्यक्रममा बोल्नुहुँदै उहाँले विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुलाई प्रोत्साहित गर्नेउद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, रेफ्री र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी मेडल जित्न सफल खेलाडीहरुको सम्मान पनि गर्दै आइरहेको बताउनुभयो ।

विद्यालय र खेलकुद जीवनमा प्राप्त अनुशासनले असल नागरिक र जीवनलाई सफल बनाउन मद्दत पुग्ने बताउनुहुँदै उहाँले खेलकुदमा जीत र हार भन्दा पनि असल नियतले देशको प्रतिष्ठाको निम्ति खेल्नुपर्ने आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पनि बोल्नुभएको थियो । प्रतियोगितामा भक्तपुर नगरका १० वटा विद्यालय सहभागी रहेको थियो भने १२३ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

Leave A Reply

Your email address will not be published.