Explore news and happenings at Bhaktapur

चीनका प्रतिनिधिमण्डल टोली भक्तपुर अवलोकनमा

२०७६ पुस ७ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल र चीनको तिब्बतबीच संयुक्त पर्यटन समन्वय समितिको ११ औं बैठकमा भाग लिन आउनुभएका चीनको स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधिमण्डलको टोलीलाई सोमबार भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।

सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको बताउनुभयो । भक्तपुरको पर्यटन विकास लागि भक्तपुरको कला संस्कृति र सम्पदा संरक्षण गरिरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुर नगरपालिकाले २०७६ चैत ४–८ गतेसम्म भक्तपुर महोत्सवको तयारीमा जुटिरहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्रअनुरुप शिक्षा, स्वास्थ्य, कला–संस्कृति, पर्यटनलगायतका क्षेत्रमा अगाडि बढिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरमा पर्यटक आकर्षण गर्न नगरपालिकाले पर्यटकलक्षित गतिविधि गरिरहेको बताउनुभयो ।

कार्यक्रममा चीनको स्वशासित क्षेत्र तिब्बतका सामान्य प्रशासन उपमहासचिव तानपा या·फेइ (Danba yangpei) ले भक्तपुर नगरमा स्वागत गर्नुभएकोमा धन्यवाद धन्यवाद दिनुभयो ।

प्रतिनिधिमण्डल टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्यटन विकास विभागका उपमहानिर्देशक ची युय् (Jiyue), परराष्ट्र मामिला कार्यालयका उपमहानिर्देशक ल्यु सुसन (Liushusen), तिब्बत क्षेत्रीय नागरिक उद्दयनका उपमहानिर्देशक युआन चुओ छिन (Yuanzhuoqing), वाणिज्य विभागका उपनिर्देशक वाङ फिन (Wangping), होटल व्यवसायी संघका सभापति तान यान (Danyang), पर्यटन विभाग पदोन्नति शाखाका उपनिर्देशक चुओ(Zhuoyu), पर्यटन विभागका कर्मचारी पासान तुन्चु (Bashangdunzhu), र दोभाषे तावा युचेन(Dawayuzhen) सहभागी हुनुहुन्थ्यो ।

उक्त टोलीले भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.