Explore news and happenings at Bhaktapur

सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर, ५ पुस ।

0

भक्तपुर नगरपालिकाद्वारा आयोजित सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिमको समापन शनिबार सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञान सही तरिकाले प्रयोग गरी उपलब्धिमूलक बनाउनुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको दुईतिहाइ सरकारले सार्वजनिकभन्दा पनि निजी क्षेत्रलाई बढी जोड दिएका कारण देशमा व्यापार घाटा दिनानुदिन बढिरहेको चर्चासमेत गर्नुभयो र सहकारीमा सफल व्यवस्थापक बन्न अध्ययनशील हुनुपर्ने बताउनुभयो ।

भक्तपुर नपाका आर्थिक समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं २ का वडा अध्यक्ष हरि बासुकलाले सहकारीको मूल्य र मान्यतामा रहेर काम गरेमा सहकारी व्यवस्थित हुने बताउनुभयो । उहाँले सहकारी संस्थाले नाफामात्र होइन गैरसदस्यलाई पनि सामाजिक सेवा दिनुपर्ने बताउनुभयो ।

त्यस्तै वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले सहकारीलाई व्यवस्थित गर्न यसअघि पनि विभिन्न तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको दोहो¥याउनुभयो ।

प्रशिक्षक तुल्सीहरि प्रजापतिले भक्तपुर नपाले सहकारीकर्मीलाई दिएको त्यस किसिमको तालिम प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रशिक्षार्थीतर्फ लुपाः साकोसका शारदा प्रजापति र चण्डेश्वरी अजिमा साकोसका प्रतिनिधि नारायणप्रसाद त्वानाबासुले पनि आ–आफ्नो तालिमको अनुभव व्यक्त गनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.