Explore news and happenings at Bhaktapur

चार महिने पाक शिक्षा तालिमका प्रशिक्षार्थीहरुको नगरकोटमा भेटघाट कार्यक्रम

भक्तपुर, ५ पुष ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित चार महिने पाक शिक्षा तालिमका प्रशिक्षार्थीहरुको नगरकोटमा भेटघाट कार्यक्रम तथा होटल प्रयोगात्मक कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले होटल व्यवसाय संचालनको लागि सामान्य ज्ञानको अभावले पनि व्यवसाय संचालनमा समस्या आउने हँुदा तालिम लिएर व्यवस्थित रुपमा होटल संचालन गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले ठाँउअनुसारको व्यवहार गर्न व्यवहारिक ज्ञानको खाँचो औंल्याउँदै फरक विशेषताले व्यक्तिको पहिचान बनाउन र आकर्षक बनाउन मद्दत पु¥याउने बताउनुभयो ।

अतिथि प्रजापतिले प्रमाणपत्रको ज्ञानलाई निखार्न प्रयोगात्मक ज्ञानमै वढी जोड दिनुपर्ने बताउँदै आफ्नो ज्ञानलाई सही प्रयोग गरी असफलताबाट सिकेर सफलता प्राप्त हुने स्पष्ट पार्नुभयो ।

“भक्तपुरको प्रमुख आकर्षण पर्यटन भएको हँुदा संसारकै उत्कृष्ट सम्पदाहरु अवस्थित भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने र भक्तपुरलाई सुरक्षित गन्तव्यस्थान बनाउने प्रयास भनपाले गरिरहेको छ ।” उहाँले भन्नुभयो ।

वडा नं. ३ का अध्यक्ष तथा तालिम समितिका सदस्य राजकृष्ण गोराले नपाले विभिन्न क्षेत्रको तालिम संचालन गरी नगरबासी युवाहरुलाई सीप दिएर आत्मनिर्भर बनाउने र आर्थिक रुपमा सक्षम र सबल बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुरलाई पर्यटकिय गन्तव्यस्थल बनाउन होटल व्यवसायलाई व्यवस्थित संचालन गरी पर्यटकलाई स्तरीय सेवासुविधा दिन आवश्यक भएको बताउदै नयाँ नयाँ ज्ञान र सिप सिक्न प्रेरित गर्नुभयो ।

होटल संचालक बद्री माकले होटल व्यवसाय गर्न हौसला प्रदान गर्दै होटल संचालनमा सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षकद्व श्रीराम विरवल र सुनिल ग्वाछाले प्रशिक्षार्थीहरुले प्रयोगात्मकमा बढी ध्यान दिई आफ्नै व्यवसाय संचालन गर्न उत्प्रेरित गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तथा तालिमका संयोजक रोशनीमैया सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.