Explore news and happenings at Bhaktapur

नेपाल आँखा कार्यक्रम Tilganga Institute of Opthalmology को समीक्षा बैठक

२०७६ मंसिर २७ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख एवम् सामुदायिक आँखा केन्द्र भक्तपुर व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले तीलगंगा आँखा प्रतिष्ठान र स्थानीय तहबीचको समन्वय र सहकार्यले बढीभन्दा बढी आँखाका बिरामीहरूको सेवा गर्न सकिने बताउनुभयो ।

नेपाल आँखा कार्यक्रम त्ष्निबलनब क्ष्लकतष्तगतभ या इउतजबmिययिनथ को शुक्रबार धुलिखेलमा भएको समीक्षा तथा सन् २०२० को कार्ययोजनासम्बन्धी बैठकमा बोल्नुहुँदै उहाँले आँखाको रोगबारे जनतालाई सचेत गर्नुपर्ने र गरिब जनता लक्षित उपचार सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न सके बढी जनताको सेवा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवा जनतालाई सेवा दिने उद्देश्यबाट अभिप्रेरित हुनुपर्ने बताउनुहुँदै उहाँले सामुदायिक आँखा केन्द्रलाई आँखा अस्पतालको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने ख्वप अस्पताल निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनुहुँदै प्रमुख प्रजापतिले जनस्वास्थ्य केन्द्र भक्तपुरमा सञ्चालित आँखा केन्द्रलाई आँखा अस्पतालको रुपमा विकास गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न जिल्लाका सामुदायिक आँखा केन्द्रका व्यवस्थापन समितिका अध्यक्षहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक आँखा केन्द्र भक्तपुरका तर्फबाट भोजराज पोखरेलले प्रस्तुतीकरण देखाउनुभएको थियो भने १६ वटा जिल्लाका सामुदायिक आँखा केन्द्रका प्रमुखबाट २०१९ सालसम्मको कार्यक्रमबारे प्रस्तुतीकरण देखाउने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.