Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाले  चैत ४–८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्ने

भक्तपुर, २६ मंसिर ।

0

नेपाल भ्रमण वर्ष २०२० भव्य रूपमा सफल पार्न नेपाल पर्यटन बोर्ड र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भ्रमण वर्षको पहिलो औपचारिक कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा बिहीबार शुभारम्भ गर्नुभयो ।

सन्ध्याकालीन सम्पदा क्षेत्र पदयात्रा कार्यक्रमका साथ भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन भक्तपुर नगरपालिकाले  चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्ने जानकारी दिँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन यहाँको कला, संस्कृति र सम्पदा संरक्षण एवम् सरसफाइले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भक्तपुर नगरको गतिविधिले पर्यटकहरूको आगमनमा वृद्धि हुने र भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने आशा व्यक्त गर्दै रात्रीकालीन पर्यटकीय गतिविधि बढाउन साँस्कृतिक कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दर भेलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिका पर्यटक सेवा तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा, नेपाल भ्रमण वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठ र भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेशराज शर्माले सन्ध्याकालीन सम्पदा पदयात्रा कार्यक्रम र नेपाल भ्रमण वर्ष २०२० बारे बोल्नुभएको थियो ।

देवी प्याखं, माक प्याखं, लाखे प्याखं र धिमाय बाजासहित सुरु भएको सन्ध्याकालीन पदयात्रा कार्यक्रम दरबार स्क्वायर, टौमढी, दत्तात्रय हुँदै च्याम्हासिंहमा समापन भएको थियो ।

Leave A Reply

Your email address will not be published.