Explore news and happenings at Bhaktapur

रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डल भक्तपुरमा

२०७६ मंसीर २ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्रराष्ट्र रसियाको डर्बेन्ट शहर र रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डलले भेट गर्‍यो ।

भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगर आठौं शताब्दीमा स्थापित ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको नाचगानको राजधानी र सम्पदाको नगरको रुपमा परिचित भएको जानकारी गराउनुहुँदै १२–१५ औं शताब्दीसम्म नेपाल मण्डको राजधानीको रुपमा रही १८ औं शताब्दीमा छुट्टै राज्यको रुपमा रहेको जानकारी गराउनुभयो ।

भक्तपुरको मुख्य स्थानहरुबारे जानकारी दिनुहुँदै उहाँले भक्तपुरलाई जीवित संग्रहालयको रुपमा चिनिने गरेको बताउनुभयो । वास्तुकला, काष्ठकला, हस्तकलालगायतमा धनी भक्तपुर सन् १७७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको बताउनुभयो ।

प्रमुख प्रजापतिले ९० प्रतिशत नेवार समुदायको बसोबास रहेको भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायतका धर्माबलम्बीहरुको बसोबास रहेको र यहाँ नेपालकै अग्लो छाने शैलीको पाँचतल्ले मन्दिर रहेको अवगत गराउनुभयो ।

भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेको गतिविधिहरुबारे जानकारी गराउनुहुँदै नगरपालिकाले इन्जिनियरि· कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

भेटमा डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले डर्बेन्ट शहर भक्तपुर जस्तै ऐतिहासिक र पुरातात्विक शहर रहेको जानकारी गराउँदै भक्तपुर र डर्बेन्ट शहर बीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।

भेटमा प्रमुख प्रजापतिले प्रतिनिधि मण्डललाई मयुर झ्याल उपहार प्रदान गर्नुभएको थियो ।

भेट पश्चात प्रतिनिधि मण्डलले भक्तपुरका विभिन्न ऐतिहासिक र पुरातात्विक सम्पदा स्थलहरुको अवलोकन गर्‍यो ।

Leave A Reply

Your email address will not be published.