Explore news and happenings at Bhaktapur

सातौं पद्‍म कप जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु

२०७६ मंसीर २ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा श्री पद्म मा.वि.को ९६ औं तथा पद्म कलेजको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सातौं पद्म कप जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन सोमबार विद्यालय प्रा·णमा सम्पन्न भयो ।


कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलकुद स्वस्थ जीवनको लागि अपरिहार्य भएको बताउनुहुँदै नागरिक स्वस्थ र शिक्षित भए समाज सभ्य र सुसंस्कृत हुने बताउनु भयो । नगरपालिकाद्वारा आयोजना हुने विद्यालयस्तरीय प्रतियोगिताहरुमा भक्तपुरका ९२ वटै स्कूललाई सहभागी गराउने सोचका साथ अगाडि बढिरहेको बताउनुभयो ।

नगरपालिकाले विभिन्न खेलको नियमित प्रशिक्षण गरिरहेको, राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न खेलाडी सम्मान र नगरका सबै वडामा व्यायामशाला स्थापना गरिसकेको उहाँले बताउनुभयो ।

नगरपालिकाद्वारा सञ्चालित घरदैलो नर्सिङ्ग अभियानबाट भक्तपुरमा नसर्ने रोगको जोखिम बढेको तथ्य पत्ता लागेको बताउनुहुँदै उहाँले स्थानीय रुपमा खेलिने खेलहरुको अनुसन्धान गरी नपाले आयोजना गरेको प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।

आफूले हासिल गरेको विशेषज्ञता देशको निम्ति प्रयोग गर्न प्रेरित गर्नुहुँदै उहाँले भारतीय विस्तारवादले देशको सिमाना मिचेर देशको सार्वभौमिकता नै खतरामा पारेको हुँदा सम्पूर्ण नेपालीले भारतीय विस्तारवादको विरोध गर्नु आजको मुख्य विषय बनेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवं कलेज व्यवस्थापन समितिका सदस्य राजकृष्ण गोराले विद्यार्थीमा अध्ययनका साथै अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा संलग्न हुँदा अनुशासन र मित्रता कायम रहने बताउनुभयो । उहाँले भारतीय विस्तारवादी नीतिका कारण देशको सार्वभौमिकता संकटमा परेको अवस्थामा विद्यार्थीहरुलाई देशको सार्वभौमिकता रक्षा गर्न प्रतिबद्ध र सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्नुहुँदै कलेजले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न गरिरहेको प्रतियोगिता स¥हानीय रहेको बताउनुभयो ।

भनपाले खेलाडीहरुलई उत्साहित गर्दै लान र अनुशासित खेलाडी तयार गर्न अन्तरनगर खेलकुद प्रतियोगिताको आयोजना भएको बताउनुहुँदै मंसीर ७ गते अपा·ता भएका व्यक्तिको लागि अपाङ्गमैत्री खेल प्रतियोगिता आयोजना गर्न लागिरहेको बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्रि गौतमप्रसाद लासीवाले शिक्षा र खेलकुदको सम्बन्ध प्रगाढ भएको बताउनुहुँदै सम्पूर्ण खेल स्वस्थ, अनुशासित, मित्रता र देशको सार्वभौमिकता प्रयोग हुने ढंगले खेलिनु आवश्यक भएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई देशको सार्वभौमिकता रक्षा गर्न तयारी अवस्थामा रहन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई, भक्तपुरका खेमराज पोखरेलले शिक्षण सिकाइको अभिन्न पाटोको रुपमा रहेको खेलकुदको आयोजना सराहनीय कार्य भएको बताउनुहुँदै विद्यार्थीको शारिरीक र मानसिक विकास गर्न विद्यालयले भूमिका खेलिरहनेमा विश्वास व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर बुढाथोकीले नेपालको शिक्षा नीति कुहिरोको काग जस्तै भएको समयमा श्री पद्म माविले शिक्षा क्षेत्रमा गरिरहेको योगदान अद्वितीय रहेको बताउनुभयो ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य विनोदचरण रायले भलिबल प्रतियोगिताको औचित्यबारे प्रस्तुत गर्नुहुँदै नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी पद्म मा.वि.का प्रचार्य राम हाडाले विद्यालयले पाठ्क्रयमको आधारमा प्रयोगात्मक शिक्षामा जोड दिंदै विज्ञान तथा इन्जिनियरिङ्ग प्रदर्शनीमा जोड दिंदै आएको बताउनुभयो ।

प्रमुख अतिथि प्रजापतिले पद्म कप टुर्नामेन्टका रेफ्रि सत्यराम न्हिसुतुलाई बल हस्तान्तरण गर्नुभयो भने रेफ्रिको तर्फबाट सुजन बासी, प्रशिक्षकको तर्फबाट मणि तामाङ र खेलाडीको तर्फबाट प्रदीप कोला·ले खेललाई अनुशासित ढंगले सञ्चालन गर्न सपथ ग्रहण गर्नुभएको सो कार्यक्रममा कार्यक्रमका सभापति बाबुराजा जोशी र दिपक मूलले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.