Explore news and happenings at Bhaktapur

कुस्मा नपा वडा नं ७, पर्वतका वडाध्यक्ष भनपामा

२०७६ मंसीर २ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कुस्मा नगरपालिका वडा नं. ७, पर्वतका वडाध्यक्ष सुवासचन्द्र पौडेलले भेट गर्नुभयो ।

भेटमा भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी नपाद्वारा इन्जिनियरिङ्ग कलेज सहित ७ वटा कलेजहरु सञ्चालन गरिरहेको, ३ वटा जनस्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेको तथा ख्वप अस्पताल निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनुभयो ।

उहाँले स्वायत्तता माथि हस्तक्षेप हुनेगरी संघीय सरकारबाट समायोजनमा पठाइएका कर्मचारीहरुलाई भनपामा लिने नगरेको जानकारी दिनुभयो ।

कुस्मा–७ का वडाध्यक्ष पौडेलले भनपाले गरिरहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत फोहोरमैला व्यवस्थापन, जग्गा एकीकरण र नगरस्तरीय र वडाको बजेट विनियोजन सम्बन्धी जिज्ञासा राख्नुका साथै भनपाद्वारा सञ्चालित ब्यायाम केन्द्रहरुको बारेमा जानकारी लिनुभयो । उहाँले कुस्मा नपामा पनि शारीरिक ब्यायामशाला राख्ने योजना रहेको अवगत गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.