Explore news and happenings at Bhaktapur

मेघा माविको पुरानो भवन पुन:निर्माणको जग शिलान्यास

भक्तपुर¸२०७६ कार्तिक २३ गते शनिबार ।

0

भनपा–३ तेखापुखुस्थित मेघा माविको पुरानो भवन पुन:निर्माणको जग शिलान्यास आज भनपा उपप्रमुख श्री रजनी जोशीज्यूले गर्नुभयो ।

भनपा र तापालाछिस्थित सो भवनलाई भनपाबाट २५ लाख रोटरी क्लबबाट २८ लाख र जिल्ला शिक्षा कार्यान्वयन एकाईबाट १ करोड  ७ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

उक्त भवनको शिलान्यास पश्चातको समारेहमा उपप्रमुख श्री जोशीले शिक्षा क्षेत्रमा भक्तपुर जिल्लाले राम्रो गर्दै आएको र त्यसमा मेघा माविले अझ देशको सबभन्दा राम्रो विद्यालयको रुपमा पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुहुँदै विद्यार्थीहरुको चापलाई अब बन्ने भवनले सहयोग हुने धारणा व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजकृष्ण गोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश ३ का सांसद श्री रजनी जोन्छे, डिएलपीआइयुका प्रतिनिधि, रबिन्द्र पुरी, रोटरीका भानु जोन्छे, गोविन्द मल्ल र प्रधानाध्यापक गंगाधर हाडाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

\

 

Leave A Reply

Your email address will not be published.