Explore news and happenings at Bhaktapur

उपप्रमुख जोशीद्वारा वडा नं. ३ मा शारीरिक व्यायामशाला उद्घाटन

२०७६ कार्तिक २२ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाले वडा–वडामा व्यायामशाला राख्ने सिलसिलामा भक्तपुर नपा वडा नं. ३ मा आज एक समारोहबीच नगरपालिकाका उपप्रमुख रजनी जोशीले व्यायामशालाको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै उहाँले नगरबासीहरुको सु–स्वास्थ्यको लागि प्रत्येक वडा तथा स्कुल तथा कलेजमा व्यायामशाला राखिएको बताउनुहुँदै नगरबासीहरुले भरपुर फाइदा लिनुपर्ने धारणा राख्नुभयो ।

देशभर भनपाको उदाहरणीय कामलाई अन्य नगरपालिकाका जनताले पनि सकारात्मक रुपमा लिइरहेको बताउनुहुँदै उपप्रमुख जोशीले स्थानीय जनताले नै यसको सुरक्षा पनि गर्नुपर्छ भन्नुभयो ।

हाम्रो सबभन्दा नजिकको राम्रो अस्पतार नै घरको भान्छा भएको औंल्याउनुहुँदै उपप्रमुख जोशीले नगरबासीहरुले खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाले जनताहरुको राय सुझावअनुसार नगरपालिकाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

सभापति तथा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नगरबासीहरुको स्वास्थय कमजोर भएमा नगरको विकास कार्यमा अवरोध हुने धारणा राख्नुभयो ।

कार्यक्रममा ३ वडा खेलकुद समितिका संयोजक शिवराम धुख्वा, कार्यपालिका सदस्य सुनिता अवाल र सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.