Explore news and happenings at Bhaktapur

जय भिमसेन बचतको १२ औं साधारणसभा सम्पन्न

भक्तपुर, २३ कातिक ।

0

सहकारी संस्था आर्थिक लेनदेनमा मात्रै सिमित नभई समुदायको साझा हितमा आफ्नो गतिविधि अगाडि बढाउनु पर्दछ । मौलिक खेल, बाजा र परम्परा जोगाईराख्नु मै हाम्रो संस्कृतिक जगेर्ना हुने हँुदा नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिमहरु सञ्चालन गर्नुपर्दछ ।

उक्त विचार नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जय भिमसेन बचतको १२ औं साधारणसभाको उद्घाटन समारोहमा बताउनुभएको थियो ।

सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउन सीप र तालिम प्रदान गर्नुपर्ने बताउनु हँुदै समाजलाई अगाडि बढाउन भुमिका खेल्नुपर्ने अतिथि प्रजापतिले बताउनु भयो ।
अतिथि प्रजापतिले नेपाली सीमानामा भारतीय अतिक्रमणको निन्दा गर्नुहँदै उहाँले सीमा अतिक्रमणबारे नेपाल सरकारले निकालेको प्रेस वक्तव्य भारतीय दलालको रुपमा रहेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,– देशको सार्वभौमिकताबाहेक ठूलो केही नभएको बताउँदै उहाँले निरन्तर संघर्षको भावनाबाट अन्याय र अत्याचारविरुद्ध लड्नु आवश्यक छ ।

भक्तपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष उकेश कवांले सहकारी संस्था कम्युनिष्ट सिद्धान्तअनुरुप गरिब जनताको हितको निम्ति सामूहिक भावनाको विकासको निम्ति स्थापना भएको बताउनु भयो ।

संस्थाका सल्लाहकार पुरुषोत्तम ग्वाछाले सहकारी संस्थाले आफ्ना गतिविधिहरुबारे सदस्यहरुलाई अवगत गराई समुदायमा आधारित काममा जोड दिनुपर्ने बताउँदै नयाँ पुस्तालाई अध्ययन गर्ने संस्कृति विकास गर्न भूमिका निभाउनु पर्ने बताउनुभयो ।

भक्तपुर जिल्ला बचत संघका सञ्चालक सदस्य चन्दिका छुकांले संस्था संख्यात्मक भन्दा गुणात्मक रुपमा अगाडि वढेको उल्लेख गर्नुभयो ।

संस्थाका संस्थापक अध्यक्ष रत्नबहादुर शिल्पकारको सभापतित्वमा भएको कार्यक्रममा कानुनी सल्लाहकार रामप्रसाद प्रजापति, संस्थाका उपाध्यक्ष रामकाजी शिल्प्कारलगायतले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले एक लाखभन्दा वढी शेयर रकम पु¥याउने शेयर सदस्य, असल बचतकर्ता र असल ऋणिलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.