Explore news and happenings at Bhaktapur

चण्डेश्वरी अजिमा बचतको १२ औं साधारणसभा सम्पन्न

२०७६ कार्तिक ९, शनिबार ।

0

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले चण्डेश्वरी अजिमा बचतको १२ औं साधारणसभा पानसमा द्वीप प्रज्वलन गरी शनिबार उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि प्रजापतिले भक्तपुरमा क्यान्सर, मृगौला, हृदयघाट आदि रोगीहरु निकै बढिरहेको बताउँदै भनपाले कढा रोग लागेका नगरबासीलाई प्रति व्यक्ति रु १० हजार बराबरको आर्थिक सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो । तरकारी र फलफूलजस्ता खाद्यान्नमा प्रयोग गरिने किटनाशक विषादी प्रयोगका कारण नसर्ने रागेको जाृखिम बढेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भनपाले कृषकहरुलक्षित तालिम सञ्चालन गरिरहेको बताउँदै किसानहरुमा व्यवहारिक र सैद्धान्तिक ज्ञानको खाँचो रहेको औंल्याउनुभयो ।
उहाँले नेपाल भ्रमण बर्ष २०२० सफल पार्न नगरपालिकाले चैत ४–८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्ने जानकारी दिंदै विभिन्न भाषा तालिम सञ्चालन गरी युवाहरुलाई सीप प्रदान गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपा सानो नपा भएर पनि सबै क्षेत्रमा व्यवस्थिति रुपमा जनताको सहभागितामा काम भइरहेको बताउँदै भक्तपुर नपाको उपभोक्ता समितिबाट निर्माण भएका कार्यहरु सबैले प्रशंसा गरेको बताउनु भयो । अव्यवस्थित तारहरुका कारण सम्पदा कुरुप देखिएको बताउँदै तार भूमिगत गर्ने प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनु भयो ।

भक्तपुर नपा वडा नं. ५ वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले सहकारी संस्था समुदायको आर्थिक, साँस्कृतिक, शैक्षिक हितमा जोड दिंदै समाज विकासको लागि आवश्यक सहयोग गर्न जोड दिनुभयो । नेमकिपाको घोषणापत्रअनुसार भक्तपुर नपाले आफ्नो कार्य अगाडि सारिरहेको र वडा बजेटले सांस्कृतिक सम्पदा पुनः निर्माणलाई निरन्तरता दिंदै आइरहेको उहाँले बताउनुभयो ।

भक्तपुर नपा साविक वडा नं. ८ का पूर्ववडाध्यक्ष हिमालयश्वरलाल मूलले समुदायमा आधारित सहकारी संस्थाले बैंकको नीतिअनुरुप धेरै ब्याज प्रतिशत कायम गर्नु नियमसंगत नभएको बताउनुभयो । बैंक र सहकारी संस्थाबीच भिन्नताबारे प्रष्ट पार्दै अध्यक्ष मूलले जनताको हितमा काम गर्नेले सेवा शुल्क उठाउनु भनेको शेयर सदस्यहरुमाथि शोषण हुने भन्नुभयो ।

भक्तपुर बचतका प्रतिनिधि जगन्नाथ प्रजापतिले समुदायमा आधारित सहकारी संस्थाको पक्षमा भक्तपुर जिल्ला बचत संघ रहेको बताउनुहुँदै राज्यले सहकारी संस्थाको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद त्वानाबासुले संस्थाले सामाजिक दायित्व बहन गर्दै आएको बताउदै शेयर सदस्यहरुलाई संस्थाको गतिविधिबाट थाहा पाउन संस्थाको प्रतिवेदन अध्ययनमा जोड दिनुभयो ।
लेखा परीक्षक श्यामसुन्दर मुांकर्मी, संस्थाका उपाध्यक्ष पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि प्रजापतिले ज्येष्ठ नागरिक, संस्थापक सदस्यहरु र एसईई उत्तीर्ण विद्यार्थीलाई कदर पत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

 

 

 

     

 

 

Leave A Reply

Your email address will not be published.