Explore news and happenings at Bhaktapur

च्वङा गणेश स्थान विकास संस्थाको चौथो साधारणसभा

२०७६ असोज ३० गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार च्वङा गणेश स्थान विकास संस्थाको चौथो साधारणसभाको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले आफ्नो ठाउँको साँस्कृतिक सम्पदा संरक्षण आफैले पुनःनिर्मााण् गर्ने भावनाले भक्तपुर नपाले आफ्नै पहलमा संरक्षण गरिरहेको बताउनुभयो ।
च्वङा गणेश स्थानलाई सुरक्षित र आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्नु आवश्यक भएको बताउनुहुँदै यहाँको सररसफाईको बन्दोबस्तव्यवस्थित गर्दै विकास निर्माणमा उपभोक्ता समितिलाई सशक्त बनाउनुपर्ने उहाँले बताउनुभयो ।
“१०८ रोपनी जग्गा व्यवस्थापनको लागि नगरपालिकाले पटक–पटक सम्बन्धित निकायलाई पत्राचार गर्दा पनि सुनुवाई नभएकोले नगरसरकार आफैले पर्खाल लगाई त्यहाँको व्यवस्थापनमा सक्रियता बढाएको हो” भन्नुहुँदै उहाँले भक्तपुर नगरपालिकाले पर्ति जग्गा र सरकारी जग्गाहरु संरक्षण गर्दै पुरानो मौलिक शैलीमा पुनःनिर्माणमा जोड दिइरहेको बताउनुभयो ।
उहाँले नगरको हरेक वडालाई विशेषतायुक्त वडाको रुपमा विकास गर्न नगरको सन्तुलित विकासमा जोड दिइरहेको बताउनुहुँदै शिक्षा, स्वास्थ्यमा उत्कृष्ट ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा नं. २ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले साँस्कृतिक महत्व बोकेको च्वङा गणेश स्थानको वातावरण सफा र स्वच्छ बनाउन संस्था क्रियाशील रहेको बताउनुहुँदै नगरपालिकाद्वारा गठित विभिन्न समितिबाट भएका गतिविधिबारे जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मी नारायण राजलवटले “२०२१ सालको भूमि नापीमा च्वङा गणेश स्थान पर्ति जनिएको र २०४० सालमा नेपाली सेनाको नाममा दर्ता भएको जग्गाको हो” भन्नुभयो । उहाँले संस्थाको हरेक काममा जनताको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव शारदाभक्त ब्यान्जुले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको कोषाध्यक्ष विष्णुप्रसाद प्रजापतिले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्षले ओमकृष्ण श्रेष्ठ र सहसचिव कृष्णगोविन्द मुलगुठीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.