Explore news and happenings at Bhaktapur

विकास बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २५ असोज ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै नयाँ पुस्ताले देशको आवश्यकताअनुसार विषय छनोट गरी आफ्नो विषयमा विशेषज्ञता हासिल गरी देश र जनताको हितमा काम गर्न प्रेरित गर्नुभयो । सहकारी संस्था भनेको जनताको चेतनास्तर उकास्ने शिक्षालय पनि भएको बताउनुहुँदै उहाँले व्यक्तिको प्रवृत्ति र गलत कामले संस्थाको बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो व्यक्तिगत फाइदाको निम्ति संस्थाको रकम दुरुपयोग गर्नेहरूलाई ठगको संज्ञा दिनुहुँदै प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले नयाँ पुस्तालाई परम्परागत बाजा र नाचहरूको तालिम सञ्चालन गरी सीप हस्तान्तरणतर्फ ध्यान दिनु उपयुक्त हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले कृषकहरू लक्षित गरी विभिन्न कृषि पेशासँग सम्बन्धित तालिमहरू सञ्चालन गर्नुका साथै परिवारलाई पु्रग्दो तरकारी उत्पादन गर्न र आत्मनिर्भरता बढाउन नगरका सबै वडाहरूमा कौसी खेती तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका ७ नं. वडाध्यक्ष उकेश कवांले साधारणसभामा सेयर सदस्यहरूले संस्थाको आर्थिक कारोबार र प्रगति प्रतिवेदनमाथि छलफल गर्दै सो संस्थाले समुदायमा आधारित बचत संस्था नीति नियम, आर्थिक अनुशासन पालना भएको छ वा छैन, न्यून आय भएका सदस्यहरूलाई सीपमूलक तालिम दिनेजस्ता कार्यलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले नेतृत्व गरेका सहकारी संस्थाले निश्चित व्यक्तिको फाइदाभन्दा पनि समुदायमा आधारित रहेर सदस्यहरूको व्यक्तित्व विकासमा टेवा पु¥याउने ढंगले कामहरू गर्दै आएको बताउनुभयो ।

संस्थाका सल्लाहाकार पुरुषोत्तम ग्वाछाले समाज परिवर्तनको लागि सहकारी संस्थाको भूमिका र महत्वबारे प्रकाश पार्नुभयो ।
विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बुद्धिराम दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष सानुबहादुर गोसाईं, सचिव रोशनराज तुईतुई र विभिन्न मित्र संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापति र अतिथि उकेश कवांले ज्येष्ठ नागरिक र संस्थाका संस्थापक र एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।     

Leave A Reply

Your email address will not be published.