Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने

0
Map Unavailable

Date/Time
Date(s) - 28/10/2018 - 03/11/2018
All Day

Categories


भक्तपुर,२०७५ कार्तिक ७ गते विहिबार ।

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता कार्तिक ११ गतेदेखि शुरु हुने ।

उक्त प्रतियोगितामा टेबुल टेनिस, भलिबल, फुटसल, कबड्डी, खो खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, पोर्टबल र कसिमला पाँय खेल हुने आयोजक समितिले जनाएको छ ।

उक्त खेलको उद्‍घाटन नेपाल मजदुर किसान पार्टीका श्रदेय अध्यक्ष श्री नारायणमान विजुक्छेज्यूको प्रमुख आतिथ्यतामा मिति २०७५ कार्तिक ११ देखि १७ गतेसम्म हुने उक्त कार्यक्रमको उद्‍घाटन मिति २०७५ कार्तिक ११ गते आइतबार विहान ७ः०० बजे र्‍याली भनपा वडा नं. ९ दत्तात्रयबाट शुरु भई गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै शहीद स्मृति खेल मैदान, भनपा–२ मा समुद्‍घाटन हुने आयोजक समितिले जानकारी दिनु भएको छ।

साथै सम्पूर्ण महानुभावहरु, टिम, क्लब, विद्यालय तथा संघसंस्थाहरुलाई सहभागिताको लागि आव्हान गरिएको छ।

प्रतियोगिता                      प्रतियोगिता हुने स्थान

टेबुल टेनिस                     खेलकुद प्रशिक्षण हल,कमलविनायक,भनपा–१०

भलिबल                          शहिद स्मृति खेल मैदान, भनपा–२

फुटसल                           माहेश्‍वरी खेल मैदान, भनपा–७

कबड्डी                           शहिद स्मृति खेल मैदान, भनपा–२

खो खो                            बाल विकास इ. स्कूल, लिवाली,भनपा–८

एथलेटिक्स                     सैनिक अावसीय मा.वि., भनपा–१

बुद्धिचाल                         ख्वप कलेज,देकोचा,भनपा–६

ब्याडमिन्टन                   भार्बाचो ब्याडमिन्टन क्लब, भनपा–१

कराँते                            वागेश्‍वरी कलेज,कमलविनायक,भनपा–१०

उसु                               श्री पद्म मा.वि,भनपा–३

तेक्वाण्डो                       अादर्श आजाद मा.वि.,भेलुखेल,भनपा–७

पोर्टबल                          शहिद स्मृति खेल मैदान, भनपा–२

कसिमला पाँय खेल          दरबार स्क्वायर, भनपा–३

 

Leave A Reply

Your email address will not be published.