Explore news and happenings at Bhaktapur

प्रदेश ३ समन्वय परिषद्को बैठक

२०७६ जेठ ३० गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश ३ समन्वय परिषद्को बैठकमा भाग लिंदै बैठकमा स्थानीय तहका अनुभवी जनप्रतिनिधिहरुको अनुभव प्रस्तुत गराउनु पर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुले राय, सुझाव र समास्याहरु बैठकमा राख्ने अवसर पाएमा प्रदेश सरकारले स्थानीय तहरुको वास्तविकता बुझेर प्रदेशको नीति नियममा समावेश गर्न सकिने बताउनुभयो । उहाँले यो बैठक प्रदेश तहको सर्बोच्च बैठक भएकोले बैठकको काम कारबाहीमा नीतिगत सामञ्जस्यता, साझा अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँड जस्ता विषयहरुमा छलफल हुनुपर्ने बताउनुभयो ।

संविधानले स्थानीय तहलाई नीति निर्माणका साथै विकास निर्माणको समेत जिम्मेवारी तोकिएकोले संघ र प्रदेशले नीति निर्माणमा जोड दिई विकास बजेट स्थानीय तहमा पठाउनुपर्ने बताउनुभयो । यसले संघको अधिकार स्थानीय तहसम्म पुगी प्रजातन्त्र बलियो हुन्छ भन्नुभयो ।

उहाँले बैठकमा बोल्नुहुँदै गुठी जग्गामा मोहिहरुको मोहियानी हक कायम गर्नुपर्ने र गुठीको सबै काम, कर्तब्य र अधिकार कानुनी बन्दोबस्त गरी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यालयमा नर्स पठाउने ब्यवस्था प्रभावकारी भएकोले यसको लागि आवश्यक बजेट स्थानीय तहमानै पठाउनु पर्नेमा जोड दिनुभयो ।
प्रदेश ३ का प्राकृतिक र साँस्कृतिक सम्पदाहरु विश्वस्तरको रहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले यसको संरक्षण र सम्बद्र्धनको लागि आवश्यक बजेट स्थानीय तहमानै पठाउनु पर्नेमा जोड दिनुभयो । विकास निर्माण कार्यमा बजेट सिलिङ्ग तोकी स्थानीय, प्रदेश र संघको बीचमा बाँडफाँड भएमा अस्पष्टता नहुने बताउनुहुँदै उपभोक्ता समिति मार्पmत हुने कार्य बलियो र दिगो हुने बताउनु भयो ।

नीति निर्माता सांसदहरुलाई विकास निर्माणमा संलग्न गराउने भन्दा स्थानीय तहको आवश्यकता अनुसार बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।
संघीय सरकारले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण लगायत विभिन्न क्षेत्रमा असंवैधानकि हस्तक्षेप गरिरहेको बताउनुहुँदै यसमा सबै स्थानीय तहहरुको आपत्ति रहेको बताउनु भयो ।

उहाँले भक्तपुर नगरपालिकाले स्थानीय सरकारको अभ्यास गर्दै विभिन्न ऐन, नियम, निर्देशिका, कार्यविधिहरु तयार गर्दै, सम्पदा संरक्षण, स्थानीय पाठ्यक्रम निर्माण, ख्वप अस्पताल निर्माण, घर घरमा नर्सिङ्ग सेवा, शैक्षिक ऋण व्यवस्था लगायत विभिन्न कार्यहरु गरिरहेको प्रदेश समन्वय परिषद्लाई जानकारी गराउनुभयो ।

प्रदेश समन्वय परिषद्को बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्न भएको साझा प्रतिबद्धतामा प्रमुख प्रजापतिले बलात्कारीलाई बलात्कारीलाई मृत्युदण्डको सजायँ हुनुपर्ने, भक्तपुर नपालाई साँस्कृतिक नगर घोषणा गर्नुपर्ने, काठमाडौँमा जनसंख्या वृद्धि, खानेपानी हाहाकार, जनसंख्या रोक्न उपत्यका बाहिर स–साना शहरको विकास गर्नुपर्ने, सम्पदा संरक्षण– मौलिकता जोगाइराख्नु पर्ने र प्रविधि स्थानान्तरण गर्न विधेयक आवश्यक भएको बुँदाहरु थप्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.