Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा ‘रोल अफ म्यानेजमेन्ट’ विषयमा राष्ट्रिय सम्मेलन सुरू

२०७६ जेठ ३१ गते, शुक्रबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शुक्रबार विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ख्वप मावि र ख्वप कलेजको आयोजनामा ‘नेसनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’ (National Conference on Role of Management in Economic Development) विषयमा भएको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले जग्गा–जमिनहरु सामन्तवादी समाजको महŒवपूर्ण आम्दानीको स्रोत हुने बताउनुहुँदै सामन्तवाद जमिनको आम्दानीबाट चल्ने समाज भएको स्पष्ट पार्नुभयो । उहाँले गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने बन्दोबस्त हुनुपर्ने र मोहि किसानले नै पाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जग्गाबाट उठेका कर जनताकै लागि खर्च हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष बिजुक्छेँले गुठी जग्गा र घरहरू स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने बताउनुहुँदै साँचो अर्थमा देशलाई समृद्धिको यात्रामा दोर्याउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनैतिक व्यवस्थाद्वारा निर्देशित हुने बताउनुहुँदै देशको राजनैतिक, आर्थिक र भौतिक शक्ति समाज केन्द्रित गर्दै लानु नै समाजवादतिर जाने बाटो हो भन्नुभयो ।

नेपाल सरकारले आर्थिक ऐन संशोधन गरी कालो सूचिमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको ५ वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायतका व्यवस्थालाई १ महिना नबित्दै खारेज गरी ठेकेदारहरूसामु सरकार झुकेको प्रमुख प्रजापतिले बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सिंगो समाजलाई बुद्धिजीवीकरण गर्न विभिन्न कलेजहरू स्थापना गरेको बताउनुहुँदै भक्तपुरको कला–संस्कृति संरक्षण र सम्पदा पुनःनिर्माणमा तीव्र रुपमा अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

भक्तपुर जिल्लाका प्रजिअ नारायणप्रसाद भट्टले भक्तपुर नपाले गुणस्तरीय र संस्कारयुक्त दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनुहुँदै आचरणयुक्त र कर्मशील दक्ष जनशक्तिले मुलुकलाई विकासको बाटोमा दो¥याउने बताउनुभयो ।

महानगरीय प्रहरी उपरीक्षक सबिन प्रधानले शान्ति र सुरक्षा विकासको आधारभूत आवश्यकताभित्र पर्ने बताउनुहुँदै सूचना प्रविधि र उचित पुँजीको विकासले देशको आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो । राष्ट्रिय सम्मेलनले विशिष्ट कार्यपत्रहरू प्रस्तुत हुने विश्वास प्रकट गर्नुहुँदै नेपाललाई समृद्धितर्फ दो¥याउन अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका उपप्राचार्य प्रकाशकुमार श्रेष्ठ , ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ३६ वटा कार्यपत्र प्रस्तुत हुने आयोजक समितिले जानकारी गरायो ।

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.