Explore news and happenings at Bhaktapur

जर्मन सांसदहरु भक्तपुरमा

भक्तपुर, २०७५ फागुन २० गते साेमबार ।

0

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिसँग जर्मन सांसदहरु Tobias Plfuger, Gabriele Katzmarek र Anke Domscheit Berg ले भक्तपुरमा सोमबार भेट गर्नुभयो । उक्त अवसरमा नेपालका लागि जर्मन राजदूत Ronald Schaeforको पनि सहभागिता थियो ।


सांसद सुवालले नेपालको संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक भएको जानकारी गराउनुभयो । उहाँले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा जर्मन सरकारको सहयोग यहाँका जनतामा ताजा स्मरणमा रहेको बताउनुभयो ।
सांसद सुवालले २०७२ को भूकम्पमा जिल्लामा २८ हजार र भक्तपुर नगरका ८ हजार घर क्षति भएको उल्लेख गर्दे सहरभित्रका अझै आधाभन्दा बढी भत्किएका घर पन्छाउने र पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा जीर्णोद्वार र विकास कार्य जनताको सहभागितामा आर्थिक अनुशासनमा रहेर अघि बढिरेहको चर्चा गर्नुभयो ।


जर्मन सांसद Tobias ले सफा नगर भक्तपुरको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्दै भूकम्पपछि भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो र आगामी दिनमा पनि सहकार्य जारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भाषानुवाद सम्पदा एवम् विकासविज्ञ रवीन्द्र पुरीले गर्नुभएको थियो भने जर्मन दूतावासका संजीवजी र महतोजीको पनि उपस्थिति थियो ।
यसअघि जर्मन सांसदहरुले लाय्कू, तौमढी र दत्तात्रयको दृश्यावलोकन गर्नुभएको थियो । उहाँहरु चार दिन अघि नेपाल आउनुभएको थियो भने मंगलबार नै फिर्ता हुने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.