Explore news and happenings at Bhaktapur

रानीपोखरी पुनःनिर्माणमा भक्तपुरबाट प्राविधिक सहयोग हुने

काठमाडौं, २० फागुन २०७५, सोमबार

0

 

काठमाडौंको रानी पोखरी पुनःनिर्माणको कार्य सुरु हुने भएको छ । भक्तपुर नपा वडा नं. १ को आयोजनामा सम्पन्न उपभोक्ता समितिहरुबीच छलफल कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौंको रानी पोखरी पुनःनिर्माणमा भक्तपुर नगरपालिकाले प्राविधिक जनशक्ति सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिलचन्द्र ज्ञवालीले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक जनशक्ति सहयोगको लागि भक्तपुर नगरपालिकाबाट सहयाेगकाे लागि अाग्रहगरेअनुरुप भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा सबैका साझा सम्पदा भएको र यसको संरक्षण र सम्बद्र्धन गर्नु साझा कर्तव्य भएकोले सहयोगको लागि सकारात्मक भएको बताउनुभयो ।

उहाँले उपभोक्ता समितिबाट बनेका विकास निर्माणका कार्यहरु गुणस्तरीय र कम लागतमा सम्पन्न हुने बताउनुभयो ।

भक्तपुरको आर्थिक विकासमा पर्यटनले ठूलो योगदान गरिरहेको छ । उहाँले भन्नुभयो – भक्तपुर नगरपालिकालाई सफा, स्वच्छ, सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने लक्ष्य बोकेको छ ।’

भक्तपुरको कला र संस्कृतिलाई व्यवसायीकरण गरी जनता केन्द्रित काममा भक्तपुर नपाले जोड दिएको बताउनुहुँदै विकास निर्माणका कामहरु गुणस्तरीय र जनताको सहभागिता निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले भक्तपुरको चौतर्फी विकास र नगरपालिकाको बजेट नगर र नगरवासीमै खर्च हुने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सांस्कृतिक सम्पदाहरुले भक्तपुरको सौन्दर्यलाई बढाएको चर्चा गर्नुहुँदै पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धारको काम भइरहेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटले उपभोक्ता समितिमा बसेर काम गर्नुको महŒव र फाइदाबारे बताउनुहुँदै निःस्वार्थ रुपले काम गर्दा थोरै समयमा धेरै काम सम्पन्न हुने बताउनुभयो ।

बासु उमाविका प्राचार्य अम्बिका न्याइच्याइले देशको राजनीतिक परिस्थितिबारे महिलाहरु सचेत र संगठित हुनुपर्ने र भक्तपुर नगरलाई सफा बनाउन नगरपालिका र नगरवासीहरुको ठूलो भूमिका भएको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य गंगालक्ष्मी बमनू, श्यामकृष्ण बाटी, कृष्णप्रसाद दुमरुलगायलते पनि बोल्नुभएको थियो

Leave A Reply

Your email address will not be published.