Explore news and happenings at Bhaktapur

नागरिकता बस र सिनेमाको टिकट होइन

0

विराटनगर, माघ १५ गते, मंगलबार ।

नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको आयोजनामा मंगलबार बिराटनगरमा पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको उद्देश्य कामदार वर्गलाई शासन सत्तामा पुर्‍याउने र देशमा जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने भएको बताउनुभयो ।

विदेशीलाई नागरिकता दिंदा देशको राजनैतिक अधिकार उनीहरूको हातमा जान सक्ने बताउनुहुँदै प्रजापतिले विदेशीलाई नेपाली नागरिकता दिनु भनेको देशको सार्वभौमिकता गुमाउनुसरह हुने धारणा व्यक्त गर्नुभयो । उहाँले विदेशमा बस्नेहरूलाई मतदानको अधिकार दिनु गलत भएको बताउनुभयो ।

कम्युनिष्टको नारा दिएर चुनाव जितेको नेकपा सरकारले कम्युनिष्टको सिद्धान्तविपरीत काम गरिरहेको बताउनुहुँदै निजीकरणलाई बढावा दिने यो सरकार पुँजीवादी सरकार भएको बताउनुभयो । उहाँले नेकपा सरकारले पाखण्डी चरित्र प्रदर्शन गरिरहेको बताउनुभयो ।
अपराधी, तस्कर र गुण्डालाई सांसदको सपथ ग्रहण गराउनु गलत भएको बताउनुहुँदै प्रमुख प्रजापतिले गुण्डा र अपराधीलाई चुनावमा मत दिएर जिताउने जनता पनि यसमा दोषी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नरेन्द्र हुमागाइँले नेमकिपाले शोषित पीडित महिलाहरूको हकहितमा निरन्तर संघर्ष गर्दै आएको र किसानहरू राज्यको पहुँचबाट टाढा रहेको हुँदा किसान र मजदुरहरू राजनैतिक रुपमा संगठित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजुले नेमकिपाले स्थापनाकालदेखि क्रान्तिकारी भूमिसुधारको वकालत गर्दै आएको बताउँदै युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देशको राजनैतिक परिवर्तनको लागि कामदार वर्गको सैद्धान्तिक विकास अति आवश्यक भएको बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमा नेमकिपा मोरङका जिल्ला अध्यक्ष सालिकराम रावत र सोमराज काफ्ले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.