Explore news and happenings at Bhaktapur

धरानका प्रतिनिधिमण्डल टोलीद्वारा भक्तपुर नपाको अवलोकन अध्ययन भ्रमण

भक्तपुर । २०८० माघ १२ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेवाः एकता समाज धरानका प्रतिनिधिमण्डल टोलीले आज भेट गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा नपाले गरेका असल अभ्यासहरुबारे अध्ययन भ्रमणको लागि आउनुभएको उक्त टोलीले नगर प्रमुख प्रजापतिसँग भेट गर्नुभएको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको घरदैलो सरकारको रुपमा परिचित स्थानीय तहबाट हुनसक्ने अधिकत्तम सेवाहरु उपलब्ध गराउँदै आएको बताउनुभयो ।
देशको एक सुन्दर र विकसित नगर बनाउने उद्देश्यअनुसार काम गरिरहेको भक्तपुर नगरपालिकालाई संघ र प्रदेश सरकारको तर्फबाट समय समयमा बाधा व्यवधान हुँदै आएको उहाँले सो अवसरमा बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्र नभई हरेक विद्यार्थीलाई देशको सार्वभौमिकता, स्वतन्त्रताबारे चिन्तन मनन गर्न सक्ने देशभक्त नागरिक बनाउने उद्देश्यबाट काम हुँदै आएको छ ।’
भक्तपुर नपाले गरिब विद्यार्थीहरुका निम्ति शैक्षिक ऋणको बन्दोबस्त, कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक ऋणको व्यवस्था समेत गर्दै आएको उहाँले बताउनुभयो ।
त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण आदि विषयमा विस्तृतमा प्रस्तुतीकरण दिँदै भक्तपुर नपाले विदेशीको भर नपरी आफ्नै स्रोतसाधन र जनताको सहयोगमा भक्तपुरको विकास गरेको बताउनुभयो ।
धरानबाट प्रतिनिधि सभा सदस्य मा. सुशिला श्रेष्ठले भक्तपुरले यहाँको मौलिकता जोगाउनु महत्वपूर्ण विषय भएको बताउँदै ख्वप विश्वविद्यालय ऐन अगाडि बढाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा नेवा एकता समाजका अध्यक्ष महेश श्रेष्ठले भक्तपुर नगरपालिकाको हार्दिक स्वागतप्रति कृतज्ञता ज्ञापन गर्दै नेपालको प्राचिन सहर भक्तपुर र भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको अवलोकन गर्न पाएको खुशी व्यक्त गर्नुभयो ।
विकास निर्माण, शैक्षिक सुधारमा भक्तपुरको असल अभ्यासबाट अन्य स्थानीय तहले पनि अनुसरण गर्न सके देश छिटो विकास हुने बताउँदै उहाँले भक्तपुरले सम्पदा संरक्षणमा गरेको काम राष्ट्रले नै अनुशरण गर्नुपर्ने विषय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
+10
Boost this post to reach up to 16221 more people if you spend $14.
Boost post
All reactions:

Rajan Jati, राजेन्द्र श्रेष्ठ and 70 others

16 shares
Like

Comment
Share
Y

Leave A Reply

Your email address will not be published.