Explore news and happenings at Bhaktapur

अध्यक्ष बिजुक्छेँसँग चिनियाँ नेता हेयानको भेटघाट

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग चिनिया कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हेयानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शुक्रबार भेट ग¥यो ।
अध्यक्ष बिजुक्छेँले चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखि घनिष्ठ रहेको र नेपालीलाई अप्ठ्यारो पर्दा चिनिया“ जनता र सरकारबाट सहयोग प्राप्त भएको उल्लेख गर्नुभयो ।
“संसारको ठाउँ ठाउँमा भइरहेको अशान्ति र युद्ध रोक्न चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि चिनफिङले गर्नुभएको प्रयास प्रशंसनीय छ । चीनको नयाँ वसन्त वर्षको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता सि चिनफिङ र सम्पूर्ण चिनिया जनतालाई शुभकामना दिन चाहन्छु ।” अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छे“ले नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० औँ वर्षको अवसरमा जिल्ला जिल्लामा कार्यकर्ताहरूले चीनको भूमि थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध गरी एक चीन नीतिको समर्थन गरेको उल्लेख गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा चीनको हस्तक्षेप नीति नभएको स्पष्ट पार्नुभयो ।
उपमन्त्री एवम् प्रतिनिधिमण्डलका नेतृ हेयानले नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले पठाएको बधाई सन्देश अध्यक्ष बिजुक्छेँलाई हस्तान्तरण गर्नुभयो ।
उपमन्त्री हेयानले आफू तेस्रो पटक नेपाल आएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छे“को नेतृत्वमा नेपाल मजदुर किसान पार्टीले देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको चर्चा गर्नुभयो ।
“चीनको भूमि थाइवानमा अमेरिकी हस्तक्षेपको नेपाल मजदुर किसान पार्टीले विरोध गरेको र एक चीन नीतिलाई समर्थन गरेकोमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु । चिनियाँ कम्युनिस्ट पार्टीका नेता महासचिव सिले माक्र्सवादी सिद्धान्तअनुसार चीनलाई अघि बढाउन सि विचारधारा प्रतिपादन गर्नुभएको हो । चीनले सबै जनतालाई धनी बनाउने समाजवादी विचारधाराअनुसारको आधुनिकीकरणलाई अगाडि बढाएको हो । पश्चिमी देशको आधुनिकीकरण धनी गरिबको दूरी बढाउने हो ।” उपमन्त्री हेयानले स्पष्ट गर्नुभयो ।
हेयानले थप्नुभयो, “पश्चिमी देशहरू वातावरणलाई विनाश गर्ने, युद्ध गर्ने र उपनिवेश बनाउने काम गरी धनी हुँदै छन् । चीनले त्यस्तो काम गर्दैन । चीनले वातावरण संरक्षण गर्दछ । चीनले मानव जातिको लागि दीर्घकालीन लक्ष्य ‘एक क्षेत्र एक मार्ग अगुवाइ’, ‘विश्वव्यापी विकास अगुवाइ’, ‘विश्वव्यापी सुरक्षा अगुवाइ’ र ‘विश्वव्यापी सभ्यता अगुवाइ’ लाई अघि बढाएको हो ।”
“महासचिव सिले चिनियाँ कम्युनिस्ट पार्टी बलियो बनाउन ध्यान दिनुभएको छ, भ्रष्टाचारविरूद्ध पार्टीभित्र कडा अनुशासन कायम गर्नुभएको छ, सबै जातिलाई एकतामा गाँस्नुभएको छ । चिनियाँ विकासदेखि अमेरिकी साम्राज्यवाद चिन्तित छ । संसारमा चीनको नेपाल मजदुर किसान पार्टीजस्ता मित्रहरू धेरै छन् । यसकारण, चीनलाई चिन्ता छैन ।” उपमन्त्री हे यानले उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले उपमन्त्री हेयानलाई नेपाल मजदुर किसान पार्टीका प्रकाशन र काठको मयुर झ्यालको उपहार प्रदान गर्नुभयो ।
उपमन्त्री हेयानले पनि चिनियाँ कम्युनिस्ट पार्टीका प्रकाशनहरू अध्यक्ष बिजुक्छेँलाई प्रदान गर्नुभयो ।
उक्त भेटवार्तामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्यहरू सुनिल प्रजापति, सुरेन्द्रराज गोसाई, अनुराधा थापामगर र सृजना साय्जूको उपस्थिति थियो ।
चिनिया प्रतिनिधिमण्डलका सदस्यहरू श्री छाङ चिउछिङ, सुश्री सरला, सुश्री वेन चुन, सुश्री चिन यानको पनि भेटवार्तामा उपस्थिति थियो ।
भेटवार्ताको भावानुवाद नेपालको तर्फबाट राजेन्द्र र चीनको तर्फबाट सरलाले गर्नुभएको थियो ।
यसअघि चिनियाँ प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीको प्रारम्भिक समिति र पार्टीका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूस“ग भेटघाट गरेको थियो ।
सो भेटघाटमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले अमेरिकी साम्राज्यवादले चीनको भूमि थाइवानमा हस्तक्षेप गरी तथाकथित चुनाव गराएकोलाई विरोध एवम् भत्र्सना गर्नुभयो ।
अमेरिकी साम्राज्यवादले इजरायली फासीवादलाई हातहतियार पठाएर प्यालेस्टिनी भूमि कब्जा र जातीय नरसंहार गरेकोलाई विरोध एवम् भत्र्सना गर्दै सचिव सुवालले २५० वर्षयता अमेरिकी साम्राज्यवादले संसारका ५०० भन्दा बढी ठाउ“मा सैन्य हस्तक्षेप गरेको उल्लेख गर्नुभयो ।
सचिव सुवालले कम्युनिस्ट दाबी गरी पु“जीवादी सरकारमा गएका नेपालका शासक दलहरूले कामदारवर्गको हितभन्दा शोषकवर्गको हितलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
उपमन्त्री हेयानले नेपाल मजदुर किसान पार्टीका साथीहरूसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
सुरूमा भक्तपुरको लाय्कु पुगेको चिनियाँ प्रतिनिधिमण्डललाई सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टीका प्रदेश सांसदहरू सुरेन्द्रराज गोसाई र सृजना सायजू, केन्द्रीय सदस्य अनुराधा थापामगर, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो ।
चिनियाँ प्रतिनिधिमण्डलले लाय्कु, टौमढी र ख्वप अस्पताल ब्रह्मायणीको अध्ययन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.