Explore news and happenings at Bhaktapur

जिल्लाव्यापी टेबुलटेनिस प्रतियोगिता सम्पन्न

0
नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा भनपा वडा नं. ५ खेलकुद समितिको आयोजनामा भएको जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह शनिबार सम्पन्न भयो ।
उक्त समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलले अनुशासित, सभ्य र सुसंस्कृत समाज निर्माणमा टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो ।
भनपाले स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण र सरसफाइमा उल्लेखनीय काम गरिरहेको चर्चा गर्दै उहाँले खेल विकासको लागि पूर्वाधार तयार गर्दै आएको बताउनुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले खेलले व्यक्तित्व विकास गर्ने बताउनुभयो ।
युवा तथा खेलकुद समितिका सदस्य रञ्जना त्वातीले नेमकिपाले जनतालाई समाजवादी व्यवस्थाबारे प्रशिक्षित गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. ५ खेलकुद समितिका अध्यक्ष बलराम न्हिसुतुको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला टेबुलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा र रामसुन्दर दुवालले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा खुला पुरुष सिङ्गलतर्फ भक्तपुर बहुमुखी क्याम्पसका रजोजमान थकु प्रथम, सिद्धि गणेश साकोसका कृष्ण थापामगर द्वितीय, वडा नं. ५ खेलकुद समितिका विवेक कवां र सिद्धि गणेश साकोसका रविन साँद तृतीय हुनुभएको थियो ।
खुला महिला सिङ्गलमा मोर्डन कलेजका दिया देउला प्रथम, २ वडा खेलकुद समितिका अञ्जु सुवाल द्वितीय, भिन्तुना साकोसका यशश्वी अवाल र २ वडा खेलकुद समितिका मञ्जु सुवाल तृतीय हुनुभएको थियो ।
त्यस्तै ४० वर्ष माथिको मास्टर्स पुरुष सिङ्गलमा न्यातापोल कर्नर टीमका रोशन धौभडेल प्रथम, होटल सेन्ट्रल भक्तपुरका जीवन गोसाई द्वितीय, सोही सेन्ट्रलका कृष्णगोविन्द शिल्पकार र वडा नं. ७ खेलकुद समितिका राधेश्याम मचामसी तृतीय हुनुभएको थियो ।
खुला पुरुष डबल्समा सिद्धि गणेश साकोसका कृष्ण थापामगर र रविन साँद प्रथम, दि ड्राइगन क्लवका राजीव चिकंबञ्जार र जीवन गोसाई द्वितीय, भक्तपुर बहुमुखी क्याम्पसका रजोजमान थकु र रनोजमान थकु तथा ५ वडा खेलकुद समितिका रेखान तामाङ र मदन तामाङ तृतीय हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.