Explore news and happenings at Bhaktapur

जनसहभागितामा कुनै पनि काम सम्भव हुन्छ भन्ने एक उदाहरण हो

महेन्द्रगोपाल कर्माचार्य, प्रअ, शान्ति निकेतन मावि

0

शिक्षक विद्यार्थीको तर्फबाट नपालाई केही सहयोग गर्न हामी नगरपालिकामा आएका छौ“ । जनताको लागि काम गर्ने संस्थालाई प्रोत्साहित गर्ने कर्तव्य सरकारको हो । नेपाल सरकार वा बागमती प्रदेशले ख्वप अस्पताललाई आवश्यक सहयोग नगरेको खबरले दुखित तुल्यायो । सरकारले गर्नुपर्ने दायित्व स्थानीय निकाय र जनस्तरबाट भइरहेको छ । यस्ता काममा सरकारले प्रोत्साहन गर्नुपर्ने काममा ऊ आफै आफ्नो जिम्मेवारीबाट पन्छिनु निन्दनीय छ । ढिलो चाँडो नेपाल सरकारले ख्वप अस्पताललाई आवश्यक सहयोग गर्ने आशा गर्छु ।
अरू देशको कुरा भन्ने हो भने यस्तो महामारी र विषम् परिस्थितिमा जनतालाई आवश्यक पर्ने कुरामा सहयोग गर्ने कर्तव्य सरकारको हो । तर नेपालमा सरकारको जुन खालको उपस्थिति चाहिने हो त्यो भइरहेको पाइनँ । सरकारले पु¥याउनुपर्ने सेवा सुविधा र कोभिडका कारण घर आइसोलेसन बस्न अक्षमहरूको व्यवस्थापन सरकारले गर्नुपर्ने हो । सरकारको दायित्वलाई स्थानीय सरकार र जनस्तरबाट सहयोग भइरहेको छ । भक्तपुर नपाले एचडीयुसमेतको आइसोलेसन केन्द्र स्थापना गर्न लागेकोमा नेपाल सरकारबाट सहयोग नपाएपछि जनस्तरमा सहयोग आह्वान गर्नुभयो । भक्तपुरवासी जनताले आफ्नो गच्छेअनुसार सहयोग पनि दिन आउनुभएको छ । भक्तपुर नपाको यो काममा सहयोग गर्न पाएकोमा हामी अत्यन्त खुशी छौ“ ।
भक्तपुरले यसरी जनसहभागितामा कुनै पनि काम सम्भव हुन्छ भन्ने उदाहरण नै प्रस्तुत गरेको छ । यसले गर्दा जनताको बाँच्न पाउने अधिकार पनि सुनिश्चित हुने भयो । आगामी दिनमा अक्सिजनको अभाव र उपचारको अभावमा ज्यान गुमाउनुपर्ने परिस्थिति नआओस् । भक्तपुर नपाको सराहनीय काममा सबैको सहयोग पाउनु निकै उत्साहप्रद कुरा हो ।
अहिले घरघरमा कोभिडका सङ्क्रमितहरू देखिन थालेसँगै जनता आफै सचेत बनेका छन् जुन राम्रो कुरा हो । त्यसैले रोगसँग बच्न जनतालाई सचेत हुन पनि आग्रह गर्न चाहन्छु ।

(भक्तपुर नपाद्वारा अक्सिजन प्लान्ट स्थापनालगायत स्वास्थ्य उपकरणको लागि नपाको आह्वानलाई स्वीकार्दै भक्तपुर नपालाई विभिन्न मितिमा सहयोग गर्न आउनुभएका दाताहरूद्वारा व्यक्त प्रतिक्रियाको सार सङ्क्षेप)

स्रोत ः भक्तपुर मासिक पत्रिका

Leave A Reply

Your email address will not be published.