Explore news and happenings at Bhaktapur

भनपाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको हुँदा हामी सहयोग गर्न आएका हौँ

रामप्रसाद कासुला, शुभकामना साकोस

0

भक्तपुर नपाले अक्सिजन प्लान्ट निर्माण गर्न अगाडि बढेको अवस्थामा हाम्रो संस्थाको तर्फबाट सहकारीकर्मीहरूको सामाजिक दायित्व बहन गर्दै सहयोग गर्ने हेतुले हामी यहाँ आएका छौ“ । सहकारीका सदस्यहरूको स्वास्थ्य सेवा सुनिश्चित होस् भन्ने हाम्रो चाहना हो । शिक्षा र स्वास्थ्य निम्न वर्गको पहुँचमा पुग्नुपर्ने मान्यता रहेको छ । भक्तपुर नपाले शिक्षा सँगसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको हुँदा हामी पनि सहयोग गर्न आएका हौ“ ।
म आफू भक्तपुरवासी भएकोले सरकारले भक्तपुर नपाको लागि बजेट नछुट्याउनु निन्दनीय छ । ख्वप अस्पतालाई पक्षपात गरी स्वास्थ्य सामग्री नपाठएकोमा खेद प्रकट गर्न चाहन्छु । सहयोग र चन्दा भनेको भावना र विश्वासले दिइने कुरा हो ।

(भक्तपुर नपाद्वारा अक्सिजन प्लान्ट स्थापनालगायत स्वास्थ्य उपकरणको लागि नपाको आह्वानलाई स्वीकार्दै भक्तपुर नपालाई विभिन्न मितिमा सहयोग गर्न आउनुभएका दाताहरूद्वारा व्यक्त प्रतिक्रियाको सार सङ्क्षेप)

स्रोत ः भक्तपुर मासिक पत्रिका

Leave A Reply

Your email address will not be published.