नगरस्तरीय विद्यालयस्तरीय कबड्डी प्रतियोगिता सम्पन्न
भक्तपुर, २०७७ चैत्र ३ गते मंगलबार ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा ४ नं. वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय विद्यालयस्तरीय कबड्डी प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालयका खेलाडीहरुलाई उपप्रमुख जोशीले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कबड्डी प्रतियोगिताको पुरुषतर्फको खेलमा मिनर्वा इङ्गलिश स्कूल प्रथम, जेन्यूइन सेकेन्डरी स्कूल दोस्रो, बागीश्वरी मावि र ख्वप्रिङ इङ्गलिस स्कूलले तेस्रो स्थान हासिल गरेको थियो भने कबड्डी छात्रातर्फ साईनिङ्ग इ. स्कूल प्रथम, पारागन एकेडेमी दोस्रो, बासु मावि र बागीश्वरी माविले तेस्रो स्थान ओगट्न सफल भएको थियो । उक्त प्रतियोगितामा छात्र तर्फ उत्कृष्ट खेलाडीको उपाधी कविन तामाङ्ग ( मिनर्वा इङ्गलिस स्कूल )ले र छात्रा तर्फ
उत्कृष्ट खेलाडीको उपाधी मनिषा ग्वाछा ( साईनिङ्ग स्टुडेन्ट एकेडेमी )ले जित्न सफल भए ।









