Explore news and happenings at Bhaktapur

कोरोना भाइरसको जोखिम र हाम्रो दायित्व

भक्तपुर । २०७६ चैत्र २६ गते, बुधबार

0

कोरोना भाइरसको कारण अहिले सारा विश्व आक्रान्त छ । हरेक दिन दशौं हजार मानिसमा थप संक्रमण, हजारौं नागरिकको मृत्युजस्ता समाचारहरु सुनेर जनता त्रसित छ्न् । संरा अमेरिका अहिले कोरोनाको केन्द्र बनेको छ । चैत्र २६ गतेसम्मको तथ्याड्ढ अनुसार विश्वमा १४ लाख बढीमा संक्रमण भइसकेको र ८२ हजार बढीको मृत्यु भइसकेको छ । सं.रा. अमेरिकामामात्र ४ लाख बढीमा संक्रमण भएको र १२ हजार ८०० जना भन्दा बढीको मृत्यु भएको छ । संक्रमितहरुको संख्या संसारको कुनै पनि देशको भन्दा यो सबभन्दा बढी हो । इटालीमा १७ हजार, स्पेनमा १४ हजार, फ्रान्समा १० हजार बढीको मृत्यु र लाखौंको संख्यामा संक्रमितहरुले त्याहाँको भयावह स्थितिलाई देखाउँछ । इरान, जर्मनीलगायत विश्वभरी आगोसरी फैलिएको यो रोग सारा मानव जातिको निम्ति अत्यन्त खतरा बन्दैछ ।

चीनले छोटो समयमै कोरोनालाई नियन्त्रणमा लियो, विश्वको २०० भन्दा बढी देशमा रोग फैलिसक्दा प्रजग कोरियाले आफ्नो देश कोरोना मुक्त घोषणा ग¥यो र क्युवाले कोरोनाको उपचारको निम्ति आफ्ना चिकित्सकहरुलाई विभिन्न देशमा पठाउँदै छ ।

समाजवादी र पुँजीवादी राज्यव्यवस्थामा राज्य आफ्ना नागरिकहरु प्रति कति जिम्मेवार हुन्छ भन्ने अहिले स्पष्ट देखिएको छ । चीनले उहानमा कोरोना संक्रमित भएको चाल पाउनासाथ ‘लकडाउन’ ग¥यो । त्यहाँका जनताले सरकारले दिएको आदेशलाई पालना गरेर कोही घरबाट ननिस्केर सहयोग गरे । सरकारले पनि नागरिक प्रतिको कर्तव्यलाई ध्यानमा राखेर घर घरमा खाना पु¥याउने व्यवस्था ग¥यो । विदेशी नागरिक र विद्यार्थीलाई पनि राम्रो बन्दोबस्त गरेर लक डाउनको अवस्थामा कोही पनि विदेशीलाई बाहिर नपठाई घरमै क्वारेन्टाइनको व्यवस्था ग¥यो । सरकार र जनताको एकताले चीनले अत्यन्तै छोटो समयमा कोरोना भाइरसलाई नियन्त्रणमा लिन सम्भव भएको हो ।

अमेरिका, इटालीजस्ता देशहरुले चीनले गरेको कामबाट शिक्षा लिन चाहेनन् वा सकेनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनिया“ भाइरस’ भनेर चीनप्रति घृणा फैलाउने कोसिस गरे । चीनमा रोग फैलिएकै बेला अमेरिका, इटालीलगायतले सतर्कता र सजगता अपनाउन सकेका भए सायद ती देशहरुले आजको स्थिति भोग्नु पर्ने थिएनन् ।

अमेरिकामा बस्ने नेपालीहरुको भनाइअनुसार अहिले न्युयोर्कलगायतका राज्यहरुमा डिपार्टमेन्टल स्टोरहरुमा खाद्यान्नको अभाव छ, अस्पतालहरुमा भेन्टिलेटर नपुगेर बिरामीको बेहाल छ र कयौं गरिबहरु उपचार नपाएर मृत्युको मुखमा जाँदैछन् । घोषित रुपमा सरकारले लक डाउन नगरे पनि जनता बाहिर आउन डराइ रहेका छन् ।

न्युयोर्क राज्यमा ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मेरिल्याण्ड राज्यका नेपाली मुलका विधायक ह्यारी भण्डारीकाअनुसार अमेरिकामा बस्ने ५०० जनाभन्दा बढी नेपालीमा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

भनिन्छ समय अत्यन्त बलवान हुन्छ । चीनले रोगको गम्भीरतालाई समयमै चिनेर ‘लकडाउन’ ग¥यो । केही समय ठूलो आर्थिक क्षति व्यहो¥यो । नागरिकको स्वास्थ्यभन्दा ठूलो आर्थिक हुन सक्दैन भन्ने विश्वलाई शिक्षा दियो । अहिले कोरोना विरुद्ध विश्वलाई चिकित्सकहरु र स्वास्थ्य उपकरणहरु पठाइ सहयोग गर्दैछ । अमेरिका, इटाली, स्पेनलगायतले रोगप्रति बेवास्ता गरे, समयमै रोगबाट नागरिकलाई बचाउने सुरक्षाका उपायहरु अपनाउनेतर्फ ध्यान दिएनन् । त्यतिञ्जेल रोग भित्रभित्र भुसको आगो सरी फैलिसकेको देखियो । आज युरोपकै विकसित देशका सरकारहरु कोरोनासित लड्न असमर्थ हुँदैछन् ।

अमेरिकामा रोगको संक्रमणमा बृद्धीसँगै अस्पतालहरुमा स्वास्थ्य सम्बन्धी उपकरणहरुको माग बढ्दो छ । राष्ट्रपति ट्रम्पले बिरामीको लागि आवश्यक भेन्टिलेटर उत्पादनमा जोड दिनुको सट्टा बजेटमा हातहतियार उत्पादनमा जोड दिएको भन्दै जनताको विरोध खेपिरहेका छन् । हो, पुँजीवादमा नाफा प्रधान हुन्छ । नाफा नहुने कुनै पनि क्षेत्रमा पुँजीपतिहरु लगानी गर्न चाहँदैनन् । गरिब जनताको जीवन पुँजीपति वर्गको निम्ति किरा फट्याङ्ग्रा भन्दा पनि मूल्यहीन हुन्छ ।

कोरोना भाइरसले भौगोलिक सीमा, जातजाति, वर्ग र धर्म चिन्दैन । आज सिंगो मानवजातिकै निम्ति कोरोना एक चुनौती बनेको छ । विश्वको कुनै भागमा कोरोनाको अस्तित्व रहुन्जेल त्यसले कुनै पनि बेला विश्वभर दुःख दिन सक्छ अर्थात विश्व सुरक्षित भएको सुनिश्चितता हुँदैन । त्यसैले विश्वका मानव जातिकै रक्षाको निम्ति सबै एक भएर कोरोना भाइरसविरुद्ध लड्ने आजको आवश्यकता हो ।

नेपालमा अहिलेसम्म ९ जना नागरिकसँग कोरोना भएको पुष्टि भएको छ । कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको पुष्टि नभए पनि नेपाली समाजमा भित्र भित्रै फैलिरहेको त होइन ? कुनै पनि बेला बिस्फोट हुने त होइन ? भन्ने धेरैको आशंका छ ।

नेपालीहरुसँग चीनले गरेको कोरोना नियन्त्रण, संरा अमेरिका, इटाली, स्पेनलगायतका देशमा नियन्त्रण हुन नसक्नाका कारणबारे अध्ययन गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने प्रशस्त समय थियो र छ । नेपाल सरकारले चैत्र ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म लक डाउनको घोषणा ग¥यो । यसलाई चैत्र १ बाटै लागु गरेको भए हामी आजको अवस्थामा पनि पुग्नु नपर्ने हो कि भन्ने अनुमान गर्न सकिन्छ किनभने चैत्र ४ गते कतार एयरबाट आएका नागरिकबाट संक्रमण भएको देखिएको छ ।

अरु कति देशहरुले त अध्ययन गर्ने र सेच्ने समय पनि पाएनन् । नेपालले अरुको सफलता र असफलताको अध्ययन गर्ने समय पाएको छ । त्यति हुँदाहुँदै समयमा चिकित्सकहरुको लागि आवश्यक पीपीई, मास्क, पन्जालगायतका वस्तुहरुको उपलब्ध गराउन नसक्नु, निजी अस्पतालहरुले बिरामी जाँच्ने सेवा बन्दगर्दा समेत कारबाही गर्न नसक्नु, अस्पतालहरुमा आवश्यक संख्यामा भेन्टिलेटरहरुको व्यवस्थामा ध्यान दिन नसक्नु सरकारको कमजोरी हो । सम्भाव्यता अध्ययनै नगरी विना कुनै तयारी र आवश्यक उपकरणहरुको उपलब्ध नगरी हचुवाको भरमा स्थानीय तहहरुलाई क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्था गर्न पत्राचार गर्नु उपयुक्त होइन । झन् यस्तो संकटको बेला चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारको कुरा सार्वजनिक भएपछि अर्को समस्या निम्तिएको छ ।

आर्थिक अनियमितता भएको भए विवादितहरुलाई अलग गरेर त्यसबारे नयाँ प्रक्रियाबाट भएपनि स्वास्थ्य सामाग्री छिटोभन्दा छिटो सबै अस्पताल र स्वास्थ्यकर्मीहरुबीच पु¥याउनु आवश्यक छ । स्वास्थ्य सामाग्री कहिले निजी क्षेत्रलाई, कहिले सरकार आफै ल्याउने त कहिले सेनालाई जिम्मेवारी दिनेजस्ता अलमलका कुराहरु बाहिर आउँदैछन् । हामी समय भएसम्म यसरी नै अलमल गरेर इटालीको अवस्था कुरिरहेका छैनौं ? हामी सबै गम्भीर हुुनु आवश्यक छ । रोगको महामारी फैलिएपछि केन्द्र, प्रदेश र स्थानीय सरकार एकले अर्कोलाई दोष दिएर कोहीपार लाग्नेवाला छैन । सबैले आ—आफ्नो क्षेत्रबाट भूमिका खेल्न जरुरी छ ।

नेपालभारत खुल्ला सीमाको फाइदा उठाएर चैत्र १ गतेपछि मात्रै लाखौं नेपालीहरु भारतबाट नेपालप्रवेश गरेका छन् । लकडाउनपछि नै हजारौंको संख्यामा प्रवेश गरेको विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् । समयमै सरकारले हवाई मार्गबाट नेपाल प्रवेश गरेका जतिलाई सुरक्षितसाथ क्वारेन्टाइनमा राख्ने र दक्षिणको खुल्ला सिमानाबाट प्रवेश गर्नेहरुका लागि ठाउँ ठाउँमा क्वारेन्टाइनको व्यवस्था मिलाएको भए यो स्थिति आउने थिएन । क्वारेन्टाइनमा बसेका कति नागरिकहरु भागे, अहिले पनि सिमानामा बसेर सयौंको संख्यामा देश प्रवेशको लागि पर्खिरहेका छन् । तिनीहरुमध्ये कुनै एक जनामात्रै कोरोना संक्रमित भए के हुन्थ्यो ? सहजै अनुमान गर्न सकिन्छ । आफ्नो नागरिकको सुरक्षा गर्ने पहिलो जिम्मेवारी राज्यको हो । अन्य नागरिकहरुको स्वास्थ्यमा असर नपर्ने गरी सुरक्षामा ध्यान दिनु पनि त्यतिकै आवश्यक छ ।

यस्तो महामारी वा संकटको बेला नागरिकको अनुशासन झनै महत्वपूर्ण हुन्छ । सरकारले लक डाउन घोषणा गरेको बेला अति आवश्यक भएमा बाहेक बाहिर ननिस्केमा नागरिक आफै सुरक्षित हुने हो । कतिपय नागरिकहरुमा अनुशासनमा नबस्ने र सरकारको आदेश वा निर्देशनकोे बेवास्ता गर्ने बानी छ । आफू असुक्षित होइन्छ भन्ने जानीबुझी विना कामबाहिर आउने, मोटरसाइकल चढेर हिंड्ने, अरुलाई आफ्नो फूर्ति देखाउने, तरकारी वा खाद्यान्न खरिद गर्दा १ मिटरको दूरीमा नबस्ने, राहत वितरणमा भिडभाड गर्ने जस्ता लापरबाहीको कारण भोलि समाज र देशले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ ।
तरकारी, खाद्यान्न वा औषधि खरिदको बाहानामा हुलका हुल घरबाहिर आउने, सार्वजनिक पाटी—पौवाहरुमा गफ गरेर बस्नेजस्ता व्यवहारमा नागरिकहरुले सुधार ल्याउनु आवश्यक छ । यसरी लकडाउनको उल्लंघन गर्नेहरुमा सञ्चार र सामाजिक सञ्जालमा पहुँच नपुगेका ज्येष्ठ नागरिकहरु धेरै भएको पाइएको छ । जनप्रतिनिधि, राजनैतिक र सामाजिक कार्यकर्ताहरु घरघरमा गएर सम्झाई बुझाई नगरेका पनि होइनन् । विभिन्न संचार माध्यमबाट व्यापक प्रचार प्रसार गर्दा पनि किन हेलचक्राई ? के नागरिकको कुनै उतरदायित्व हुँदैन ? प्रहरी प्रशासनको कारबाहीले सबै ठीक हुन्छ भन्ने पनि होइन । नागरिकहरुमा स्वअनुशासनमा बस्ने बानीको विकास गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।

ठुल्ठूला र विकसित देशहरु समेत कोरोनाविरुद्ध लड्न गा¥हो मानिरहेको बेला साँचै नेपालमा त्यस्तो भयावाह स्थिति आयो भने के होला ? आजैबाट हामी सबैले सोच्नु जरुरी छ । लकडाउनको अवधिभर कोही पनि नागरिक घरबाट ननिस्केर कोरोना विरुद्धको महामारी फैलिनबाट जोगाउन सकिन्छ । यो नै कारोनाबाट बच्ने सहज उपाय हो । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरु र नागरिकहरु सबैले समाज र देश प्रतिको आ—आफ्नो दायित्वनिर्वाह ग¥यो भने कोरोना भाइरसको सम्भावित जोखिमबाट नेपाल र नेपालीहरुलाई सुरक्षित राख्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.