Explore news and happenings at Bhaktapur

विपद् व्यवस्थापन केन्द्र(Crisis Management Centre)को बैठक सम्पन्न

२०७६ साल चैत २५ गते, मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड–१९ कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत वितरण लगायतका आवश्यक कार्यका लागि गठित विपद् व्यवस्थापन केन्द्र Crisis Management Centre(CMC) को बैठक आज भनपा सभाकक्षमा बस्यो । बैठकले निम्‍न लिखित निर्णयहरु गर्‍यो:–

बैठकका निर्णयहरु
१. राहत वितरणसँग सम्बन्धित सम्पूर्ण काम स्थानीय तहले गर्ने गृह मन्त्रालयको स्पष्ट निर्देशन भएको हुँदा कुनै पनि संघ–संस्थाले उपलब्ध गराउने नगद तथा राहत सामाग्री नगरपालिकालाई उपलब्ध गराउने र न.पा.बाट एकद्वार प्रणालीबाट मात्रै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।

२. लक डाउनको बेला अति आवश्यक वस्तु र सेवालाई सहज र सरल बनाउन सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी व्यवस्थित रुपमा गराउने व्यवस्था मिलाउने निर्णय गरियो ।

३. लक डाउनको बेला कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी नियमित रुपमा बजार अनुगमन गर्ने र कृत्रिम अभाव तथा बढी मूल्यमा सामान विक्री गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र यस सम्बन्धमा भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ लगायतसँग समन्वय गर्ने निर्णय गरियो ।

४. स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी डाक्टर, नर्स र कर्मचारीहरुको लागि आवश्यक पिपिई, पन्जा, मास्क लगायत अन्य सामाग्रीहरु उपलब्ध गराउन सम्बन्धित क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।

५. कोरोना भाइरस रोग लागेमा उपचारको लागि चाहिने आवश्यक सामाग्री तथा उपकरणहरुको व्यवस्था गर्न समितिले पहल गर्ने निर्णय गरियो ।

६. यस नगरपालिका भित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी ट्रेसिङ्ग र ट्रयाकिङ्ग कार्य सुरक्षा निकाय र वडा कार्यालयहरुले समन्वयात्मक रुपमा मिलाउने निर्णय गरियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, अस्पताल प्रमुख सदस्य रहने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.