भनपाद्वारा सञ्चालित ६ वटै शिशुस्याहार केन्द्रका अभिभावक भेला तथा शुभकामना कार्यक्रम
२०७६ असोज १६ गते बिहीबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपाद्वारा सञ्चालित शिशु स्याहार तथा बाल विकास केन्द्रको आयोजनामा अभिभावक भेला तथा विजया दशमीको शुभकामना बिहिबार सम्पन्न भयो ।
का
र्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले दसैं सिर्जनात्मक ढंगले मनाउनुपर्ने विचार व्यक्त गर्नुहुँदै अभिभावकहरुले आ–आफ्ना बालबालिकालाई हुर्काउन दिएको समय महत्वपूर्ण हुने तथा समाज राम्रो बनाउन समाजका सबै सदस्य राम्रो हुनुपर्ने बताउनुभयो ।
समाजवादी देशमा धनी र गरिबबीचको भेद हटाउन बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गरिने बताउनुहुँदै उहाँले नगरपालिकाले शिशुस्याहार नाफाको लागि नभई सेवा भावले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न खोलिएको बताउनुभयो ।
नपाले समय महिला श्रमशक्ति बढाउनको लागि शिशुस्याहार सञ्चालनमा ल्याएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले योग्य शिक्षकले योग्य विद्यार्थी तयार गर्ने भएकोले कार्यरत शिक्षिकाहरुलाई आवश्यकता अनुसार तालिम पनि सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिका स्थानीय सरकार हो र सरकारको जिम्मेवारी र दायित्ववोध गरी शिक्षालाई प्राथमिकतामा राखी कार्य गर्दै आएको बताउनुहुँदै “भक्तपुर नगरपालिका शिशुस्याहार केन्द्रदेखि कलेजहरु सञ्चालन गर्ने देशभरीकै पहिलो नगरपालिका होे र ती संस्थाहरु नगरबासीहरुको साझा संस्था हो” भन्नुभयो ।
शिशुस्याहारहरु सुधारको लागि आवश्यक प्रयास भइरहेको बताउनुहुँदै उहाँले सानैदेखि असल संस्कार सिकाउने अभियानमा नगरपालिका अगाडि बढेको र १० वटै वडामा शिशुस्याहार सञ्चालनको तयारी भइरहेको तथा हाल सञ्चालित शिशुस्याहारहरुको स्तरोन्नतिको लागि लागिरहेको जानकारी दिनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाले शिशुस्याहार सञ्चालन गर्नुको मुख्य उद्देश्य अभिभावकको श्रम सदुपयोग गर्नु र बालबालिकाको राम्रो शिक्षा तथा अनुशासनको निम्ति भएको जानकारी दिनुभयो । उहाँले अभिभावक र शिक्षक शिक्षिकाहरुलाई आफ्ना बालबालिकाहरुलाई सदैब राम्रो कुरा सिकाउन प्रेरित गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले शिशु स्याहार केन्द्रको महत्व र आवश्यकताबारे प्रष्ट्याउनुहुँदै समाज विकासको लागि स्वस्थ वातावरण र स्वस्थ दिमागको आवश्यकताबारे चर्चा गर्नुभयो । उहाँले स्थानीय सरकारले शिशुस्याहारलाई अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिशुस्याहार केन्द्रका शाखा प्रमुख दिपेन्द्र प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित ६ वटा शिशुस्याहार केन्द्रहरुको बारेमा विस्तृत जानकारी दिनुभयो भने शिशुस्याहार केन्द्र भार्वाचोका इन्चार्ज नजरमाया बाटीले पनि बोल्नुभयो ।






कार्यक्रममा शिशुस्याहार केन्द्रका शाखा प्रमुख दिपेन्द्र प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित ६ वटा शिशुस्याहार केन्द्रहरुको बारेमा विस्तृत जानकारी दिनुभयो भने शिशुस्याहार केन्द्र भार्वाचोका इन्चार्ज नजरमाया बाटीले पनि बोल्नुभयो ।