Explore news and happenings at Bhaktapur

भनपाको नियमित पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत त:मुँज्या स्थल सरसफाइ सम्पन्न

भक्तपुर, २०७६ असोज १५ गते बुधबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नियमित पाक्षिक सरसफाई अन्तर्गत बुधबार भनपा–२ स्थित ३९ औं नेपाल भाषा साहित्य तःमुँज्या स्थल नःपुखु परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भनपा प्रमुख सुनिल प्रजापतिले सरसफाइ कार्यक्रम प्रचारको लागि नभई हाम्रो ठाउँ हामी आफैले सफा गर्नुपर्छ भन्ने भावना विकसित गर्नको लागि आयोजना गरिएको बताउनुहुँदै भक्तपुरका जनताको एकताको लागि र सेवाभाव विकास गर्नको लागि पनि निरन्तर सरसफाइ गरिरहनुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिका साझा संस्था भएको र सरसफाइ पनि हामी सबैको साझा जिम्मेवारी भएको हुँदा पाक्षिक रुपमा १–२ घण्टा जनताको सेवाको निम्ति कार्य गरिरहनुपर्ने बताउनुहुँदै नजिकिंदै गरेको विजया दशमी र दीपावलीको शुभकाना व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले सरसफाइ एक पटक र एक दिन होइन निरन्तर गरिरहनुपर्ने विचार व्यक्त गर्नुहुँदै यस कार्यमा सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, अगुवा कार्यकर्ताहरु, वडावासीहरु, विभिन्न संघसंस्थाहरु, विद्यालयहरु लगायत समाजसेवीहरुको साथ र सहयोगको अपेक्षा राख्नुभयो ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र ३९ ‍‌औं तःमुँज्या मूल समारोह समितिका संयोजक श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.