Explore news and happenings at Bhaktapur

शुभकामना आदान–प्रदान तथा समसामयिक विषयक कार्यक्रम

२०७६ असोज १४ गते, मंगलबार

0

भक्तपुर, १४ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पु“जीवादी सरकारमा नेमकिपा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने वैधानिक व्यवस्था हालै बसेको पार्टीको सातौ“ महाधिवेशनले पारित गरेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ९ वडा कार्यालयद्वारा म·लबार आयोजित शुभकामना आदान–प्रदान तथा समसामयिक विषयक कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेमकिपाको घोषणापत्रअनुसार समाजकेन्द्रित जनताको सेवा गर्न जनप्रतिनिधिहरू पछि नपर्ने बताउनुभयो ।

उहा“ले भन्नुभयो, “पार्टीको घोषणापत्रअनुसार काम गर्दाको फल भनपाको मात्र होइन पार्टीको छवि देशभर फैलिरहेको छ । नपाले गर्ने हरेक कार्यक्रम व्यक्तिगत स्वार्थमा होइन समाज र जनताकै हितमा छ ।”
जनताको सेवामा काम गर्दा अनेक षड्यन्त्र, दुःख र मुद्दा खेप्नु परे पनि जनताको सेवा गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, सरकारले भनपालाई कुने काम सजिलैस“ग गर्न दिइरहेको छैन ।”

सङ्घीय गणतान्त्रिक व्यवस्था भएको देशमा केन्द्रले हस्तक्षेप गरिरहेको चर्चा गर्दै उहा“ले सरकार व्यक्तिको पक्ष र हितमा होइन स्थानीय निकाय बलियो बनाउन अघि बढ्नुपर्छ भन्नुभयो ।

नेकपाभित्रका माओवादीहरू चुक्दै गइरहेको र एमालेका नेता तथा कार्यकर्ताहरूले सरकार बलियो बनाउनुभन्दा अरूले गरेका जनहितका काममा हस्तक्षेप गर्ने कार्य गरिरहेको उहा“ले बताउनुभयो ।

नेमकिपा सङ्ख्या र ठूलोभन्दा सिद्धान्त र विचारमा विश्वास गर्छ, नेमकिपाको नीति र निर्देशनअनुसारै भनपामा शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्रमा उल्लेखनीय कार्य भइरहेको छ, उहा“ले भन्नुभयो ।

भनपाले आफ्नै खुट्टामा उभिएर नमुना नगर बनाउन अघि बढिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “पु“जीवादी सरकारले पु“जीपति वर्गको हितमा ऐन–कानुन बनाउनु स्वाभाविक छ ।”

नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सभापतिको आसनबाट बोल्दै समायोजनको कारण भक्तपुर अस्पताल विशेषज्ञ डाक्टर शून्य स्थितिमा पुगेको बताउनुभयो ।

भनपाले आफ्नो वडामा भइरहेको नगरस्तरीय र वडास्तरीय योजनाको जानकारी दि“दै उहा“ले अस्पतालको इमर्जेन्सी कक्षमा डाक्टर, नर्स र कर्मचारीविहीन भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा जस्तै भक्तपुर अस्पतालमा भ्रष्टाचार तथा अनियमितताको गन्ध सार्वजनिक भइरहेको उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले सल्लाघारीको जग्गामा अहिले पनि किसानहरूले जग्गा नपाए पनि बाली तिर्न बाध्य भइरहेको विचार गर्नुभयो ।

कार्यक्रममा पूर्व वडाअध्यक्ष कृष्णभक्त लवजू र वडा नं ९ का महिला वडासदस्य छोरीमैया सुजखू (प्रजापति)ले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.