Explore news and happenings at Bhaktapur

छ देशका नगर प्रमुख सहितको टोली भक्तपुरमा

२०७६ भाद्र २९ मंगलबार ।

0

विश्व सम्पदा सुचिमा सुचिकृत भक्तपुर दरबार क्षेत्रको विभिन्न सम्पदा र पाँचतले मन्दिर चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जी, भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह लगायत अमेरिका र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहित ४० जनाको समुहले अवलोकन गर्नुभयो ।

भक्तपुर नगर प्रबेशसँगै आएका पाहुनाहरुका लागि भक्तपुर नपाका तर्फबाट प्रमुख प्रजापति र उप प्रमुख जोशीले पुरुष अतिथिहरुलाई भादगाउँले टोपी र महिला अतिथिहरुलाई सुर्के थैली उपहार दिएर स्वागत गर्नुभएको थियो ।

चीन, अमेरिका, भुटान, बंगलादेश र जापानका मेयरहरु सहितको भ्रमण टोलीले भक्तपुरको दरवार क्षेत्र , पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको अवलोकन गरेका थिए । भक्तपुर दरवार क्षेत्रमा ५५ झ्याले दरवार, लुँःध्वाका, तलेजु, निर्माणाधिन फसी देग, पशुपति महादेव लगायतका दरवार क्षेत्रमा रहेको दरवार, मठ मन्दिरहरुको अवलोकन गर्नुभयो । त्यस पछि टौमढीको पाँचतल्ले मन्दिर, भैरव मन्दिर लगायत वरीपरीका सम्पदाहरुको अवलोकन गर्नु भयो । त्यहाबाट क्वाछेँ, सुकुल ढोका, गोःमारही, ईनाचो हुदै तचपालस्थित भिमसेन मन्दिर, दत्तात्रय मन्दिर, म्हैखा झ्यो (मयुर झ्याल) अवलोकन गरि च्याम्हासिँहबाट फर्किनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.